काठमाडौं– संघीय संसद्मा र स्वास्थ्यका विषयलाई हेर्ने गरी एउटै संसदीय समिति गठन गरिएको छ। समितिले बिहिबार पूर्णता पाएको हो। समिति २४ सदस्यीय छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख कृष्ण बहादुर महराले २४ सदस्यीय शिक्षा र स्वास्थ्य समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाएका थिए । जसअनुसार समितिमा तीन जना पूर्व स्वास्थ्यमन्त्री छन्। समितिमा पूर्व स्वास्थ्यमन्त्रीहरु उमाकान्त चौधरी, खगराज अधिकारी र गगन थापा छन्। यस्तै हालै मात्र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका डा सुरेन्द्र यादव पनि छन्। समितिमा योगेश भट्टरार्इ, नविना लामा पनि सदस्य छन्।
अघिल्लो पटक संसदमा स्वास्थ्य र शिक्षाका विषय महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले हेर्थ्यो। अहिले भने स्वास्थ्य र शिक्षाका लागि छुट्टै समिति बनाइएको छ।
यी हुन् समितिका सदस्यहरु
१. अञ्जना विशंखे
२. उमाकान्त चौधरी
३. उमेश श्रेष्ठ
४. एकवाल मियाँ
५. खगराज अधिकारी
६. गगन कुमार थापा
७. गजेन्द्र बहादुर महत
८. चित्रलेखा यादव
९. जीवन राम श्रेष्ठ
१०. तिल बहादुर महत क्षेत्री
११. दुलारी देवी खत्वेनी
१२. नविना लामा
१३. नमिता कुमारी चौधरी
१४. नारायण प्रसाद मरासिनी
१५. भैरव बहादुर सिंह
१६. मन कुमारी जि सी
१७. मान बहादुर विश्वकर्मा
१८. योगेश कुमार भट्टराई
१९. रेखा कुमारी
२०. सन्त कुमार थारु
२१. सरीता न्यौपाने
२२. सुरेन्द्र कुमार यादव
२३. सुरेश कुमार राई
२४. हित बहादुर तामाङ