काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयहरुको नयाँ संगठन संरचना कार्यान्वयनमा ल्याउन सुरु गरेको छ। मन्त्रीपरिषद बैठकले पारित गरेको संगठन संरचना अनुसारका कार्यालयहरुमा मन्त्रालयले कर्मचारीलाई कामकाजका लागि खटाउन थालेको छ।
सरकारले मन्त्रालय, विवागहरु, महाशाखा तथा केन्द्र र केन्द्री अस्पतालहरुको नयाँ संगठन संरचना बनाएको हो।
नयाँ संरचना अनुसार स्वास्थ्य मन्त्रालयमा अब १२ औं तहका २ जना मात्र प्रमुख विशेषज्ञ हुनेछन्। यसअघि मन्त्रालयमा ३ र स्वास्थ्य सेवा विभागका महानिर्देशक १ गरी ४ जना १२ औं तहका प्रमुख विशेषज्ञको दरबन्दी थियो।
नयाँ संरचना अनुसार नीति, योजना तथा अनुगमन र गुणस्तर मापन तथा नियमनको प्रमुखमा एक जना प्रमुख विशेषज्ञ र अर्का एक जना जनसंख्या व्यवस्थापन र स्वास्थ्य समन्वय प्रमुख हुनेछन्। दुबै जना प्रमुख विशेषज्ञ अन्तर्गत दुई/दुई वटा महाशाखा छ।
नयाँ संरचना अनुसार अब स्वास्थ्य मन्त्रालयमा ५ वटा महाशाखा र १६ शाखा रहनेछ। यस्तै मन्त्रालयमा स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइ पनि रहनेछ।
मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र अायुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग गरी तीन वटा विभाग छन्।
सरकारले हालसम्म स्विकृत गरेका कार्यालय तथा अस्पतालहरुको नयाँ संगठन संरचना यसप्रकार छ :
पिडिएफ फाइलमा हेर्नुहोस्