चितवन – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले चितवनको विपी कोइराला मेमेरोयल क्यान्सर अस्पतालाई प्रतिष्ठानको रुपमा विकास गर्ने बताएका छन् ।
अस्पतालमा स्थलगत अनुगमन गर्दै उनले सरकारी स्वामित्वमा रहेको अस्पताललाई स्तरोन्नती गरी देशकै अब्बल क्यान्सरको उपचार गर्ने संस्था बनाउने बताए ।
अस्पताललाई अन्कोलोजीको विषयमा एमसिएच र डिएम अध्ययन अध्यापनका लागि सरकार नै लागिपरेको उल्लेख गरे।
अनुगमनका क्रममा उनले अस्पतालको सेवा चुस्त पार्न समेत निर्देशन दिए ।
उनले बिरामीहरुको सेवामा ढिलासुस्ती नगरी सेवा प्रभावकारी बनाउन शनिवार कर्मचारीहरुलाई आग्रह गरे।
अस्पतालको सेवालाई पूर्वी क्षेत्रमा समेत लैजानुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री यादवले थप सुविधासम्पन्न बनाउन आवश्यक सहयोग गर्ने आश्वासन समेत दिए।
मन्त्री यादवले अस्पतालको रेडियो थेरापी, डाइग्नोसिस, प्याथोलोजी, डेकेयर, हस्पीस वार्ड र नव निर्मित २०० शैयाको भवनको स्थलगत निरिक्षक गर्नुभएको अस्पतालका कानुनी अधिकृत गोकर्ण सापकोटाले जानकारी दिए।
सो क्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक निर्मल लामिछानेले अस्पतालका योजना र गतिविधिका बारेमा जानकारी गराएका थिए। २ सय २५ शैयामा अस्पतालमा सञ्चालित छ ।