रुपन्देही – गुल्मीको इश्मा गाउँपालिका वडा नं ३ घर भएका भक्तबहादुर कुमालका ४ वर्षीय छोरा घरको माथिल्लो तलाबाट खसेर अगेनामा पकाई राखेको दालमा डुबे । जसले बच्चाको धेरै ठाउँमा पोलियो तर उपचार गर्ने पैसा उनीसँग थिएन।
छिमेकीसँग हारगुहार गरेर बाटो खर्च बनाई जिल्ला अस्पताल तम्घास आएपछि स्वास्थ्यकर्मीहरुलाई बच्चा बचाइदिन आग्रह गरे। अस्पतालको इमर्जेन्सीमा बच्चालाई राखेपछि सुरुमा त्यो जिल्ला अस्पताल गुल्मीमा उपचार सम्भव नदेखेपछि पाल्पा मिसन अस्पतालमा रिफर गर्नुपर्ने भयो जिल्ला अस्पताल गुल्मीमा आइसियु नभएकाले जटिल अवस्था ल्याइएका बालकलाई रिफर गर्ने निक्र्योमा डाक्टरहरु पुगे।
चिकित्सकले रिफर गरेपनि बच्चालाई पाल्पा ल्याउउने कुनै उपाय थिएन भक्तबहादुरसँग । अस्पतालमा उनले भने, ‘हामीसँग बाटोखर्च छैन।’ त्यसमाथि बच्चाका बुवाआमा दुवै अपांग थिए।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई धर्मसंबट पर्यो । जिल्ला अस्पताल तम्घासका सूचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझीले भने, ‘बच्चालाई जसरी पपनि अस्पतालमै उपचार गर्नुपर्छ भनेर आइसियु कक्षको विकल्प यहि अस्पतालमा रहेको एक कोठा खोज्यौं।’
बालकको पछाडी पट्टिको शरिर जलेको थियो । बालकलाई आइसियु कक्षको सट्टा एउटा कोठामा ‘सेकेन्ड डिग्री वन’मा त्यस्तै २० दिनसम्म राखेर उपचार गरियो।
बेही औषधी त अस्पतालमै निःशुल्क उपलब्ध थियो । केहि औषधी भनेबाहिरबाट किन्नुपर्ने भए पछि डाक्टर सुवोध ज्ञवालीको नेतृत्वमास्टाफहरुले दुई–दुई सयका दरले चन्दा उठाए । बालकको उपचारका साथै आमाबुवा दुवलाई खाना समेत अस्पतालले खुवाउँदै आएको छ । हामीले विरामी एक जनालाई मात्र खान खुवाउने गर्दथ्यौं।
अहिले बालक खतरा मुक्त रहेको चिकित्सकले बताएका छन् । तर, अझै बीस दिन भन्दा बढी अस्पतालमा राख्नुपर्ने देखिएको छ । ‘हामी उनलाई थप चन्दा उठाएर भए पनि पूर्ण निको पारेर पठाउने छौं,’ डाक्टर रायमाझीले भने, ‘उनलाई पनि हामी स्टाफहरुले नै चन्दा उठाएर उपचार गरेका छौँ।’
अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीका कारण आफ्नो छोराको ज्यान जोगिएको बन्दै ती बालककी आमा राधिका भावु भइन् । उनले भनिन्, ‘श्रीमान् कान सुन्दैनन् । मेरो राम्रोसँग वोलीे फुट्दैन । घरमा खानेकुरा छैन।’