काठमाडौं– सरकारले डा गोविन्द केसीसँग गरेको सहमति कार्यान्वयन प्रक्रिया तिब्र रुपमा अगाडि बढाएको छ।
डा केसीसँग साउन १० गते भएको ९ बुँदे सहमति अनुसार सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रीस्तिरिय निर्णय गर्दै समिति गठन गरेका हुन्।
समितिमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा शैलेशमणि पोखरेल, शिक्षा मन्त्रालयका सहसचिब डा हरि लम्साल, सुदूर पश्चिम विश्वविद्यालयका उपप्राध्यापक डा शंकर भट्ट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सहसचिव स्तरको एक जना सदस्य र नेपाल मेडिकल काउन्सिलको प्रतिनिधि सदस्य रहेका छन् ।