काठमाडौं– संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गर्न डा गोविन्द केसीलाई बोलाएको छ।
प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमाथि छलफल गर्न आगामी बैठकमा डा केसी र केसीका वार्ता टोलीका संयोजक डा अभिषेकराज सिंह दुवैलाई डाकेको हो।
बैठक आगामी भदौ १३ गते बिहान ११ बजेका लागि बोलाइएको छ।
शिक्षा तथा स्वास्थ्य समितिद्वारा आज दुवैलाई पत्र काट्दै विधेयकमाथि छलफलका लागि बोलाइएको हो।
संसदले हाल उक्त विधेयक अध्ययन तथा छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको छ।
डा केसीलाई पठाइएको पत्र:
