रुपन्देही – प्रदेश ५को सामाजिक विकास मन्त्रालयले अस्पताल विकास समिति खारेज भएपछि कामकारबाहीलाई निरन्तरता दिन तदर्थ समिति बनाएको छ।
अस्पतालमा हुने दैनिक कामकाजका लागि समस्या भएपछि प्रदेशको मन्त्रीस्तरीय निर्णयले समिति गठनको बाटो खुलाएको हो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता मित्रमणि खनालले प्रदेश अन्तर्गतका अस्पतालहरुको कामकारबाही सुचारु गर्न अस्पताल सञ्चालन तदर्थ समितिको व्यवस्था गरेको बताए।
समितिले नियमित रुपमा सञ्चालनमा रहेका बालबालिका, सुत्केरी, सरकारी बिमित व्यक्तिको उपचारजस्ता आधारभूत स्वास्थ्य सुचारु गर्नुका साथै यसअघि रहेको विकास समिति अन्तर्गतका कामहरु अगाडि बढाउने उनले जानकारी दिए।
अस्पतालमा समिति गठनका लागि सामाजिक विकास मन्त्रालयले कार्यबिधी बनाएको छ। प्रदेश अन्तर्गतका स्वास्थ्य हेर्ने महाशाखा, निर्देशनालय, स्थानीय तह, अस्पताल र उद्योग वाणिज्य संघका प्रतिनिधिलाई समितिमा राख्ने व्यवस्था गरेको छ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीका अनुसार अञ्चल अस्पताल सञ्चालन तदर्थ समितिको अध्यक्षमा प्रदेश स्वास्थ्य निर्देशक अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट सदस्य–सचिव र सदस्यहरुमा स्वास्थ्य सेवा महाशाखा प्रमुख, अस्पतालका 4 प्रमुख, प्रशासन प्रमुखमा तोकिएको बताए।
यसैगरी, जिल्ला अस्पतालमा जिल्ला समन्वय समितिका संयोजक अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट सदस्य–सचिव रहने गरी नगरपालिका प्रमुख, उद्योग वाणिज्य संघको अध्यक्ष र 4 प्रमुख सदस्य रहने गरि बनाएको बताएका छन्।
प्रदेश ५ मा लुम्बिनी, राप्ती, भेरी अञ्चल अस्पताल, राप्ती क्षेत्रीय आयुर्वेद औषधालय दाङ न् । त्यसैगरी, ११ वटा जिल्ला अस्पताल र पाल्पाको रामपुरमा ५० बेडको अर्को सरकारी अस्पताल गरी १६ वटा अस्पताल रहेको सामाजिक मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ।