काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा डा गोविन्द केसीले आफ्ना कुरा राखेर बाहिरिएका छन्।
समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गर्न डा गोविन्द केसीलाई बोलाएको थियो।
तर डा केसी दोहोरो छलफलमा भने बसेनन्। 'मलाई माफ गर्नुहोला। म छलफलमा बस्दिनँ,' उनले समिति सदस्यहरुलाई भने, 'किनकि यसअघि नै सम्झौता भइसकेको छ।'
डा केसीले लिखित रुपमा आफ्ना कुरा राखेका थिए।
उनले यसअघि सरकारसँग भएको सहमतिको एकएक प्रति उपस्थित समिति सदस्यहरुलाई बाँडेका थिए।