काठमाडौं– सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीले नि:शुल्क उपचार गराउन पाउने भएका छन्। त्यसको व्यवस्था स्थानीय तहले मिलाउनुपर्ने संसदमा दर्ता भएको 'अनिवार्य तथा नि:शुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'मा प्रस्ताव गरिएको छ।
'स्थानीय तहले प्रत्येक सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरकारी स्वामित्वको स्वास्थ्य संस्थामार्फत तोकिए बमोजिमको निःशुल्क प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था उपलब्ध गराउनुपर्ने छ', विधेयकको दफा २४ मा भनिएको छ।
तर, निजी लगानीका विद्यालयमा भने प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गर्ने दायित्व विद्यालयकै हुने उल्लेख छ।
