काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक)को चौथो शिखरसम्मेलनमा सहभागी हुन आएका थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले औषधि र स्वास्थ्य उपकरण उपहार दिएका छन्।
थाइ प्रधानमन्त्री चाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई १६ करोड ९५ लाख मुल्य बराबरको औषधि र उपकरण उपहार दिएका हुन्। सम्मेलनपछि भएको बहुपक्षिय बैठकमा उक्त उपहार प्रदान गर्ने सम्झौता भएको हो।
सम्मेलनका लागि बिहिबार नेपाल आएका चा आज स्वदेश फर्कने भएका छन्।
* १६ करोड ९५ लाखको औषधि र उपकरण हुनुपर्नेमा अन्याथा भएकाले सच्याइएको छ। - सम्पादक