काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक)को चौथो शिखरसम्मेलनमा सहभागी हुन आएकी एक पाहुना बिरामी भएकी छिन्। होटल सोल्टीमा बसेकी थाइल्यान्डकी एक प्रतिनिधी बिरामी भएपछि उनलाई तत्कालै उपचार सेवा दिइएको छ।
होटल सोल्टीमा रहेको मेडिकल टिमले ३० वर्षिया ती महिलालाई उपचार सेवा दिएको हो। मेडिकल टिममा रहेका स्वास्थ्यकर्मी हिमालय तिवारीका अनुसार रिंगटा लाग्ने समस्या भएपछि उनलाई तुरुन्तै उपचार सेवा दिइएको हो।
‘ठूलो समस्या होइन,’ उनले भने, ‘सामान्य समस्या थियो। मेडिकल टिमले आवश्कय उपचार गरीसकेको छ।’
सरकारले बिमस्टेमा आएका पहुनाको स्वास्थ्यको ख्याल गर्दै होटलमा मेडिकल टिमको व्यवस्था गरेको थियो।