काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैपटक एक हजार ५ सय भन्दा बढी कर्मचारीको सरुवा गर्ने भएको छ। मन्त्रालयमा सरुवा हुने कर्मचारीहरुको सूचि बनाउने काम धमाधम भइरहेको छ।
सरुवाको सूची मिलाउने काम उपसचिव बाबुराम खनाल र स्वास्थ्य सचिव पुष्पा चौधरीले एनजिओबाट तलब दिने गरी नियुक्त गरेको कर्मचारी कृष्ण थापाले गरिरहेका छन्। यी कर्मचारीहरु आज शनिबार विदाको दिनमा पनि मन्त्रालयमा आएर सूचि मिलाउने काम गरिरहेका छन्।
मन्त्रालयले प्रदेश र माताहतका निकायमा कर्मचारीहरुको सरुवा गर्न लागेको हो। यसका लागि मन्त्रालयले केही समयअघि सरुवाको लागि आवेदन फर्म भर्न समेत लगाएको थियो। तर, आवेदन दिएका कर्मचारीहरुको सरुवामा आर्थिक र अन्य पहुँचको प्रभाव देखिन थालेको मन्त्रालयका कर्मचारी बताउँछन्।
‘नियमित रुपमा सरुवा हुने भन्दा पनि आर्थिक चलखेल र पहुँचका आधारमा धेरै कर्मचारीको छुट्टै सूचि बनाइएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘त्यसकारण पैसा नबुझाउने र पहुँच नभएकाहरुको यो पटक पनि सरुवा हुने सम्भावना निकै कम छ।’
नयाँ संरचना अनुसार स्वास्थ्य सेवा विभागमा सरुवाको अधिकार नरहेका कारण मन्त्रालयबाट नै सरुवाको नयाँ सूचि बनाइएको हो। नयाँ सूचि अनुसार कर्मचारीहरुको सरुवा एक दुई दिनभित्रमा गर्ने
नयाँ संरचना अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय र सो अन्तर्गत ३५ स्वास्थ्य कार्यालय रहने व्यवस्था छ । यसअघिका क्षेत्रीय निर्देशनालय, क्षेत्रीय मेडिकल स्टोर, क्षेत्रीय तालिम केन्द्र र उप क्षेत्रीय तालिम केन्द्र खारेज भएका छन्।