काठमाडौं– सरकार र नेपाल चिकित्सक संघबीचको वार्तामा मुलुकी अपराध ऐन ५ बुँदामा संशोधन गर्ने सहमति भएको छ। मुलुकी अपराध ऐनका बुँदा संशोधनका विषयमा समान धारणा बनाएपछि संघले अस्पताल बन्दको कार्यक्रमलाई आगामी सोमबारसम्मका लागि सारेको छ।
ऐन संशोधनको विषय संसदको कार्यक्षेत्र भित्र भएका कारण सहमितका बुँदा मन्त्रीपरिषद्बाट पास भएर संसदमा जाने निश्चित भएपछि मात्र आन्दोलनका सबै कार्यक्रम स्थगति हुने संघका महासचिव डा लोचन कार्कीले जानकारी दिए।
‘संशोधन गर्नुपर्ने बुँदामा सहमति भएको छ,’ उनले भने, ‘तर यो सहमति मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुनुपर्छ। त्यसका लागि आगामी सोमबार मन्त्रीपरिषद्को बैठक बस्ने बताइएकोले हामीले त्यो समयसम्म कुर्ने भएका हौँ।’
उनका अनुसार संघले अन्य दबाबका कार्यक्रम भने यथावत नै राखेको छ। शुक्रबारदेखि अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द गर्ने कार्यक्रमलाई भने सोमबारसम्म सारिएको डा कार्कीले जानकारी दिए।
उनले सोमबार मन्त्रीपरिषदबाट सहमति पास भएन भने पुनः अस्पताल बन्द हुने बताए।
सरकारका तर्फबाट वार्ताको नेतृत्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले गरेका थिए। उनले वार्तापछि स्वास्थ्यखबरसँग कुराकानी गर्दै भने, ‘मन्त्रालय र चिकित्सक संघबीच ऐन संशोधनका विषयमा साझा धारणा तय गरेका छौं। यसलाई संशोधन प्रक्रियामा पठाउन मंगलबार नै स्वास्थ्य मन्त्रालयले कानुन मन्त्रालयमा पठाउने छ।’
यस्तो छ सरकारसँग ऐन संशोधनका लागि भएको ५ बुँदे सहमति