काठमाडौँ— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा कर्मचारी व्यवस्थापनको संरचनामा हेल्थ असिस्टेन्टहरुले विरोध गरेका छन् । मन्त्रालयले स्थानीय तहको सांगठनिक संरचनामा हेल्थ असिस्टेन्ट र सिअहेवहरुलाई एउटै तहमा राख्नेगरी ढाँचा तयार गरेपछि उनीहरुले विरोध गरेका हुन्।
मन्त्रालयले दुबैलाई एउटै तहमा भन्दा पदका आधार व्यवस्थापन गर्ने गरी सांगठनिक संरचना बनाउन माग गर्दै हेल्थ असिस्टेन्टहरु मन्त्रालयमा दबाब दिन थालेका छन्।
केही दिनअघि मात्र सामान्य प्रशासन मन्त्रालयमा पठाएको प्रस्तावित सांगठनिक संरचनामा हेल्थ असिस्टेन्ट र सिअहेवलाई एउटै तहमा राखिएएको छ।
हेल्थ असिस्टेन्ट र सिअहेवबीच लामो समयदेखि स्वास्थ्य चौकीको नेतृत्व कसले गर्ने भन्नेमा विवाद छ । विवाद बढेपछि केही समयअघि सरकारले हेल्थ असिस्टेन्टलाई नेतृत्व दिन निर्देशन गरेको थियो । त्यसको विरोध अहेवबाट बढुवा भई स्वास्थ्य चौकीको नेतृत्व गरिरहेका सिअहेवहरुले गर्दै आएका छन्।
अहिले नयाँ संरचनामा दुवैलाई समान हैसियतमा राखिएपछि गाउँपालिकामा रहेको स्वास्थ्य इकाईको नेतृत्व कसले गर्ने भन्ने विवाद देखिन थालेको छ । मन्त्रालयले हेल्थ असिस्टेन्ट, सिअहेव, भेकस, खोसु, पनिसु, क्षेकुसबाट ५६ औँ तहकामध्ये एक जनालाई राख्ने गरि संरचना बनाउन लागेको छ । तर हेल्थ असिस्टेन्टअरु भने हरेक पालिकामा पब्लिक हेल्थ अफिसर नै प्रमुखका रुपमा राख्नुपर्ने माग गरिरहेका छन्।
आफूहरुले तीनवर्षे शैक्षिक डिग्री लिएकाले १८ महिने तालिम लिएका सिअहेब भन्दा सिनियर हुनुपर्ने हेल्थ असिस्टेन्टहरुको माग रहँदै आएको छ।
उनीहरुले सिअहेवलाई तहको आधारमा नभई पदको आधारमा व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका छन्।
गाउँपालिकाका स्वास्थय शाखामा प्रस्ताव गरिएको सांगठनिक संरचनामा २५ हजार भन्दा कम जनसंख्या भएका ठाउँमा हेल्थ असिस्टेन्ट, सिअहेव, भेकस, खोसु, पनिसु, क्षकुसबाट ५६ औँ तहको एक जना राख्ने भनिएको छ । तर हेल्थ असिष्टेन्टहरुले भने २५ हजार भन्दा कम जनसंख्या भएको गाउँपालिकामा पनि पब्लिक हेल्थ अफिसर नै राख्न्नुपर्ने माग गरेका छन्।
मन्त्रालयका जनसंख्या तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा सुशीलनाथ प्याकुरेलले बुझेर गलत बुझाई भएको भन्दै सबै कर्मचारीलाई न्यायोचित ढंगबाट व्यवस्थापन गर्ने प्रयास भइरहेको बता ।
उनले भने, ‘हामीले हेल्थ असिस्टेन्ट र सिअहेवमध्ये एक जनालाई राख्न सकिने व्यवस्था गरेकै हौं । तर त्यसमा हेल्थ असिस्टेन्टलाई नै मन्त्रालयले नै पोष्टिङ गर्दा प्राथमिकता दिन्छ।’
सबै हेल्थ असिष्टेन्टहरुलाई मात्र राख्ने हो भने जनशक्ति अभाव हुने डा प्याकुरेल बताउँछन् । प्याकुरेलले भने, ‘अहेवलाई दुईपटक बढुवा हुन १३ वर्ष लाग्छ । हेल्थ असिस्टेन्ट सात वर्षमा बढुवा हुन्छ। त्यहाँ न्याय भएको छ नि।’
