काठमाडौं– वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजाल र ओम अस्पताल पर्यायबाची जस्तै सुनिन्थे। स्थापनाकालदेखिन नै यो अस्पतालबाट सेवा दिइरहेका डा रिजालले ओम अस्पताल छाडेका छन्। उनले आफ्नो नियमित स्वास्थ्य सेवा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) अत्तरखेलबाट मात्रै दिने भएका छन्।
'मैले आफ्नो सेवालाई अब एनएमसीबाट दिने निर्णय लिएको छु,' डा रिजालले भने, ‘यसबाट बिरामीमा पर्न गएको केही असुबिधा प्रति क्षमा चाहान्छु ।’ आगामी सोमबारदेखि हप्ताको ६ दिन रिजालले त्यहाँबाट सेवा नियमित रुपमा दिने छन्।
रिजालले आफ्ना नियमित सेवाग्राहीलाई भ्रममा नपरी नेपाल मेडिकल कलेज आउन समेत आग्रह गरेका छन् । नेपाल मेडिकल कलेज जोरपाटी रिजालले दिउसो १ देखि ४ बजेसम्म उपचार सेवा दिनेछन्।