काठमाडौं– अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटनामा एक जना यात्रु बाँचेको खबर पाएपछि नेपाल मेडिसिटी हस्पिटलको चिकित्सकीय टोली दुर्घटनास्थल नुवाकोटको बेत्रावती नजिकै पुगेको छ।
घाइते अवस्थामा रहेका आनी डोल्माको उपचार शिघ्रातिशिघ्र होस् भन्ने हेतुले अस्पतालको चिकित्सक टोली हेलिकोप्टर नै लिएर दुर्घटनास्थल नजिक पुगेको हो।
‘हामीले हेलिकोप्टरमै मोवाइल आइसीयूको व्यवस्था गरेर दुर्घटनास्थल नजिकै आइपुगेका छौं’ डाक्टर संजय कार्कीले नुवाकोट बेत्रतावती नजिकैबाट स्वास्थ्यखबरसँग भने, ‘दुर्घटनास्थल अलिक विकट भएकाले हामी त्यहाँसम्म पुग्न सकेका छैनौं तर हाम्रो प्रयास जारी छ।’
दुर्घटनास्थलमा उद्धारटोली पुगेको र घाइतेलाई हेलिकोप्टरमा रहेको मिनि आइसीयूसम्म ल्याएपछि उनलाई सुरक्षित तरिकाले काठमाडौंको मेडिसिटी ल्याइने छ।
हेलिकोप्टरमा सवार यात्रु र पाइलटको नाम :
