काठमाडौं— डिम्बाशय क्यासन्सरसम्बन्धी जनचेतना जगाउन क्यान्सर केयर नेपाल नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरको आयोजनामा शनिबार जनचेतना र्याली निकालिएको छ।
सेप्टेम्बर महिनालाई विश्वभर डिम्बाशय क्यान्सरविरुद्ध जनचेतना दिवसका रुपमा मनाउने गरिन्छ। यसै सन्र्दभ पारेर क्यान्सर केयर नेपालले पनि जाउलाखेलस्थित क्यान्सर केयर नेपालनेशल हस्पिटल एण्ड रिसर्च सेन्टरबाट पाटन दरवारस्क्वायरसम्म ¥याली निकालेको थियो।
जनचेतना कार्यक्रममा बलिउड अभिनेत्री तथा क्यान्सर केयर नेपालका मानार्थ अध्यक्ष मनिषा कोइरालाले क्यान्सर भन्ने बिक्तिकै मृत्यु नै हो भन्ने सोच त्याग्न आग्रह गरिन्।
डिम्बाशयको क्यान्सर जितेर क्यान्सर रोगसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रममा सहभागी हुदैँ आएकी कोइरालाले सकारात्मक सोचले जस्तोसुकै अप्ठेरालाई जित्न सकिने बताइन्।
उनले भनिन् ‘क्यान्सर जो सुकैलाई लाग्न सक्छ, क्यान्सर हुने बित्तिकै जीवन सकिदैन, सकिने त हाम्रो नकारात्मक सोच र कमजोर आत्मविश्वासले हो।’
सकारात्मक सोच र दृढ आत्मविश्वासले नै मलाई क्यान्सरसँग जित्न सहयोग गरेको हो, सबै सकारात्मक सोचका साथै स्वस्थ खानपान र 18 अपनाउनु जरुरी छ । जसरी राम्रो कपडा खरीद गर्न खर्च गरिन्छ त्यसरी अग्रयानिक खानेकुरामा पनि लगानी गर्नुपर्नेको भनाई थियो ।
परिवारका साथ सहयोग पनि क्यान्सर रोगीका लागि अर्को महत्वपूर्ण कुरा भएको उनको भनाई थियो ।
क्यान्सर केयर नेपालका कार्यकारी सदस्य क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईले डिम्बाशयको क्यान्सर भएको सुरुमा थाहा नहुने भएकाले वर्षको एकपटक क्यान्सर छ छैन भनेर महिलाहरु जाँच गराउनुपर्ने बताइन् । क्यान्सरलाई सुरुकै अवस्थामा पत्ता लगाउन सकेमा रोग निको पार्न सकिने बताइन्।
क्यान्सर रोग लाग्नै नदिने उपाय नभएपनि सुरुकै अवस्थामा पत्ता लगाउन आफ्नो स्वास्थ्यको नियमित जाँच गराउन आवश्यक भएको उनले बताइन्।
उनले भनिन्, ‘पेट फुल्ने, खान मन नलाग्ने, अल्छि लाग्ने, थकाई लाग्ने कुरा हामीले सामान्य रुपमा लिन्छौँ, ग्याष्ट्रिकले होला भनेर औषधि किनेर खान्छौ, सधै त्यो सही नहुन सक्छ, किनकि त्यो डिम्बाशयको क्यान्सरको लक्षण पनि हुनसक्छ।’
नेपालमा धेरै क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल आउने भएकाले धेरैलाई बचाउन नसकिने डा चापागाईको अनुभव छ।
नियमित स्वास्थ्य जाँच गराउन, ससाना मानिने शरीरका दुखाईलाई पनि चिकित्सक राम्रो परामश लिने, सन्तुलित स्वस्थ खाना, क्रियाशिल 18 अनुशरण गर्न उनले सुझाव दिइन्।