काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ। स्वास्थ्य समन्वय महाशाखामा महेन्द्र श्रेष्ठ आएका छन्। समन्वय महाशाखामा रहेका मोहम्मद दाउदलाई व्यवस्थपन महाशाखामा सरुवा गरिएको छ।
यस्तै व्यवस्थापनमा रहेका डा रमेश अधिकारीलाई भने जगेडामा राखिएको छ। समन्वयमा सरुवा हुनुअघि श्रेष्ठ लामो समय जगेडामा थिए।
उनीहरुको शुक्रबार सरुवा भएको हो।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।