काठमाडौं- कर्णाली प्रदेशको समग्र स्वास्थ्य सेवा सुधारका लािग सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउन उच्चस्तरिय परामर्श समिति गठन भएको छ।
कर्णाली प्रदेश सरकारको २६ औं मन्त्रीपरिषद्को बैठकले डा भगवान कोइरालाको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिले सुर्खेतस्थित क्षेत्रिय अस्पताललाई स्तरोन्नती गरी सुविधासम्पन्न प्रादेशिक अस्पताल बनाउने प्रदेशको समग्र स्वास्थ्य सेवा सुधारका लागि सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउने लगायतको कर्यक्षेत्र तोकिएको छ।
समितिमा डा अर्जुन कार्की, डा सेनेन्द्रराज उप्रेती, डा सुरेश तिवारी, डा डम्बर खड्का, डा मंगल रावल र डा तीर्थ थापा सदस्य छन्।
कर्णालीको स्वास्थ्यको विकासलाई नमुनाको रुपमा अगाडि बढाउने उद्धेश्यसहित यो समिति बनाइएको बताइएको छ।