चितवन– अछाम जिल्ला अस्पतालमा कार्यरत अहेब वीरबहादुर बोहरा उत्कृष्ट स्वास्थ्यकर्मी भएका छन् । उनलाई पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवार्ड प्रदान गरे । अस्पतालको ओपिडी, इमर्जेन्सी, फार्मेसी, रेकर्डिङ र रिपोर्टिङको जिम्मेवारी लिएका थिए उनले । उनले आफ्नो जिम्मेवारी दिनरात नभनी कुशलतापूर्वक निर्वाह गरे । उनी जस्तै स्वास्थ्यकर्मीका कारण आर्थिक वर्ष ०७३/७४ मा अछाम जिल्ला अस्पताल देशभरिकै सरकारी अस्पतालमा उत्कृष्ट बन्न सफल भयो ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।