काठमाडौँ– भेरी अञ्चल अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा डा रुपानन्द अधिकारी नियुक्त भएका छन्। उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलार्इ नियुक्त गरेका हुन्। गत जेठमा अस्पतालको मेसुमा डा प्रकाश थापालाई नियुक्त गरिएको थियो । तर उनी नियुक्त भएको ४ महिना पनि नबित्दै डा अधिकारी नियुक्त भएका हुन्। शुक्रबार नै भरतपुर अस्पतालका मेसु समेत फेरिएका छन् । डा थापासँगै मेसुमा नियुक्त डा रविन खड्काको ठाउँमा डा कृष्णप्रसाद पौडेलले नियुक्त भएका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।