आममानिसमा मुटुरोग भन्नासाथ हृदयघात र हार्ट फेल मात्र हो भन्ने भ्रम छ। तर, मुटका अन्य थुप्रै रोग हुन्छन्। मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग हुने गरेको डाक्टरहरु बताउँछन्। तीमध्ये डाक्टरहरुले मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र 18 सम्बन्धी मुटुरोग भनेर ३ भागमा बाँडेका छन्।
जन्मजात मुटुरोग
कुनै केटाकेटीलाई जन्मजात मुटुरोग लागेको हुन सक्छ। डा प्रकाशराज रेग्मीका अनुसार यो रोग थोरैलाई मात्र लाग्छ। उनका अनुसार गर्भधारण गरेको ३ महिनाभित्र आमालाई रुबेला नामक दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण भइरहेको मुटुमा विकृति गराउँछ। फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउँछ। उनी भन्छन्, ‘गर्भधारण गरेको ३ महिनाको अवधिमा महिलाले गर्भका लागि असुरक्षित मानिएका औषधि सेवन गरेमा, अत्यधिक धूमपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण परेमा मुुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटुको निर्माण हुनजान्छ।’
डाक्टरहरुका अनुसार भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तत्वको कमी भएमा पनि जन्मजात मुटुरोग लाग्ने सम्भावना रहन्छ। नवजात शिशुको जिब्रो, ओठ र औंलाका टुप्पाहरु नीलो हुने, औंलाका टुप्पाहरु बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार रुघाखोकीले सताइराख्ने, शिशुको उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटुरोगका लक्षण हुन्।
बाथमुटुरोग
यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिने रोग हो । सामान्यतः ३ देखि १५ वर्र्षका बालबालिकामा बारम्बार घाँटी दुख्ने, टन्सिल बढ्ने हुन सक्छ । यसरी घाँटी दुख्ने गरेका केटाकेटीलाई एकखाले ज्वोरो आउन सक्छ, जुन बेला एकपछि अर्को गरी हातखुट्टाका ठूला जोर्नीहरु दुख्ने र सुन्निने हुन्छन्। यो ज्वरोलाई बाथज्वरो भनिन्छ । यसै ज्वरोको कारण पछि गएर मुटुको भल्भ खराब हुने रोग लाग्छ । यसलाई बाथमुटुको रोग भनिन्छ।
18सँग सम्बन्धित मुटुरोग
18सँग सम्बन्धित मुटुरोगमा हृदयाघात, उच्च रक्तचाप आदि पर्छन्।
मुटुरोगमध्ये हृदयाघातलाई मानव मृत्युको प्रमुख कारण मानिँदै आएका छ। डाक्टरहरुका अनुसार मुटु मांसपेशीको डल्लो हो, यसले पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ। मुटुलाई काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका ३ वटा कोरोनरी रक्तनलीहरुमा प्रवाहित रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ। त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरु स्वस्थ हुनु जरुरी छ ।
हृदयघात
मुटुका रक्तनली विभिन्न कारणबाट कोलेस्टेरोल (बोसो) जमेर साँगुरो हुने गर्छ। जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीहरुमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन। विस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढ्छ। रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ। मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षत्रिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भएको भनिन्छ । हृदयघात हुँदा छातीको बीच भागमा असह्य पीडा हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए तत्काल मृत्यु हुन सक्छ।
उच्च रक्तचाप
मुटुरोगमध्ये उच्च रक्तचाप पनि एक खतरनाक रोग हो । हाम्रो मुटु खुम्चिने र फुल्ने गर्दा रक्तनलीहरुमा उत्पन्न हुने चापलाई रक्तचाप अर्थात् ‘ब्लड प्रेसर’ भनिन्छ । स्वस्थ मानिसमा रक्तचाप १२० र ८० मिमी मर्करी वा सोभन्दा कम हुनुपर्छ। रक्तचाप १४० र ९० भन्दा बढी भयो भने यसलाई उच्च रक्तचाप भनिन्छ । रक्तचाप बढी भएमा रक्तनलीहरु बढी तन्किन गई फुट्न सक्छन् । दिमागको नसा फुटे पक्षघात हुन्छ, आँखाको नसा फुटे अन्धोपन हुन्छ, मुटु वा मिर्गौलाका रक्तनलीमा असर परे हृदयघात वा मिर्गौला फेल हुन्छ।
हार्ट फेल
हार्ट फेल पनि मुुटुको डरलाग्दो रोग हो । डा रेग्मीका अनुसार अधिकांश मानिस दम बढ्ने बित्तिकै फोक्सोमा खराबी आयो भन्ने सोच्छन् । तर, यो आंशिक रुपमा मात्र सत्य हो। दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि हुन्छ।
उनी भन्छन्, ‘यदि शारीरिक श्रम गर्दा दम बढ्छ र आराम गरेपछि कम भएर जान्छ भने यो मुटुरोग हुन सक्छ । मुटु सुन्निएको, मुटुका मांसपेशीहरु कमजोर भएको, मुटुको भल्भ बिग्रिएको अवस्थामा यस्तो प्रकृतिको दम उत्पन्न हुन्छ। यसलाई हार्ट फेल भएको भनिन्छ ।’ उनका अनुसार हार्ट अट्याक र हार्ट फेल फरक–फरक अवस्था हुन् । हार्ट अट्याक भएपछि मुटु कमजोर भई हार्ट फेल हुन्छ। मुटु कमजोर हुँदा मानिस सास नपुगेर निसासिन्छ । यसका साथै मुटु सुन्निने रोग तथा मुटुको घड्कनमा गडबडी आउने पनि 18मा आएको परीवर्तनका कारण मुटुमा देखिने समस्या हुन्।
मुटु स्वस्थ राख्न यसो गर्नुहोस्
तपाईं आफ्नो मुटुलाई स्वस्थ बनाउने सबालमा विभिन्न तत्वको महत्वपूर्ण भूमिका हुन्छन् । कतिपय कुराहरु आफ्नो काबु बाहिरको परिस्थितिमा पनि हुन्छ । जस्तै वंशानुगत समस्या रहेछ भने तपाईंले त्यसलाई परिबर्तन गर्न सक्नुहुन्छ । तपाईंको पारिवारिक पृष्ठभूमि मुटु रोगसम्बन्धी छ भने तपाईलाई यसको बढ्दो खतरा हुन्छ । मुटु रोगको खतरलाई न्यून गर्ने केही प्रमाणित उपाय यस प्रकार रहेका छन्।
धुमपानको आदत त्यागिदिनुहोस्
पिउने आदतले मुटु रोगीलाई झनै अशर गर्छ । गत वर्ष बेलातयका १० लाख मानिसहरुमा गरिएको एक अध्ययन अनुसार धुमपान गर्ने व्यक्ति अन्य भन्दा १० वर्ष अगाडि नै मर्ने गर्छन् । ४० वर्ष अगाडि नै धुमपान गर्न छोडिदिनु भयो भने तपाईंले यसलाई निरन्तरता दिदा भन्दा तपाई १० गुण बढी स्वस्थ हुने सम्भावना हुन्छ । मुटुको अतिरिक्त तपाईं स्वाश्सप्रशास, मुड, स्ट्रोक, डायबिटिज, क्यान्सर, रक्तप्रबाह लगायत अन्य समस्याहरुमा तीव्र सुधार हुन्छ ।
तौल घटाउनुहोस्
मुटु रोग र अत्यधिक मोटोपनबीच पनि ठूलो सम्बन्ध रहेको छ । तौलमा हुने बृद्धिले तपाईलाई टाइप २ डायबिटिजको खतरा मात्र ल्याउदैन मुटु रोगको खतरलाई बढाउछ। हिपमा भन्दा कम्मरमा बढी तौल छ भने तपाई स्वास्थका दृष्टिले अझै बढी जोखिममा पर्नुहुन्छ । यस्तो अवस्थामा ह्दयघात, उच्च रक्तचाप, सुगरको समस्या बढ्छ ।
मोटोपनबाट मुक्त ज्यान स्वास्थ्यका लागि उपयुक्त हो त?
संतृप्त तौललाई कटौती गर्न तपाईंलाई चिकित्सकहरुले सुझाब दिएका होलान्। रगतमा खराब कोलोस्ट्रोलको मात्र बढ्ने र यसले मुटुका धमनीलाइ साँगुरो पारी ह्दयघत गराउने भएकोले पनि तौल घटाउन चिकित्सकले सुझाब दिने गर्छन्। तपानी थोरै मात्रामा खाइने बटर, घ्यु क्रिम स्वास्थका लागि त्यति डरलाग्दो नहुने विज्ञहरु बताउँछन् ।
रातो मासु नखानु
मुटु स्वस्थ बनाउन रातो मासु नखान विज्ञहरुले बताउदै आएका छन् । धेरै मात्रामा रातो मासु खानेमा मुटु रोगको खतरा २४ प्रतिशतले बढाउँछ। हरेक दिन ५० ग्राम परिष्किृत मासु खाने मानिसमा मुटु फेलियरको खतरा ८ प्रतिशत हुन्छ भने मृत्युको सम्भवाना ३८ प्रतिशत हुन्छ । रातो मासुले पेटसम्बन्धी अन्य रोग पनि निम्त्याउँछ ।
थोरै नुन खाने
अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने जीवनको उत्तराद्र्धतिर मुटुको खतरा बढाउँछ । बयस्कहरुले दिनमा ६ग्राम भन्दा पनि न्यून (एक चिया चम्चा) नुन खानुपर्छ । नुनको मात्रा घटाउनुको अर्थ केबल तरकारीमा नुनको परिणाम घटाउने होइन कि अन्य नुनिला खानेकुरा पनि खान छोड्नुपर्छ ।
चिनीलाई पनि बाईबाई गरिदिनुहोस्
अमेरिकाको ठूलो जनसंख्यामा गरिएको एक पछिल्लो अध्ययनमा चिनी मिसाइएको दैनिक २५ प्रतिशत भन्दा बढी दैनिक क्यालोरी खाने मानिसहरुमा मुटु रोगबाट मृत्यु हुने तीन गुणा खतरा रहेको छ । बढी चिनी खादा तौलमा बृद्धि गर्नुका साथै मधुमेयको समस्या बढाउँछ। खाना र पेयमा राखिने चिनिको मात्रा घटाउनुहोस्। दिनहुँ खाने खानेकुरामा हुने चिनिको मात्रालाई विशेष ख्याल गर्नुहोस्।
सक्रीय रहनुहोस्
सक्रीय रहनुहोस । यदि तपाई सुस्त र अल्छी हुनुहुन्छ भने आजै देखि सक्रीय हुनुहोस । ४० वर्षपछि केही घन्टा फटाफट हिड्दा, साईकल चलाउदा वा सामान्य गतिविधिमा व्यस्त हुदा तपाईंको मुटु स्वस्थ हुन्छ । त्यसो त व्यायायम लगायतका शारीरिक गतिविधिबाट स्वास्थ्यमा धेरै फाइदा हुन्छ ।
तनावमुक्त हुनुहोस्
तपाईं स्वस्थ मुटु राख्न चाहानुहुन्छ भने तनाबरहित हुनुहोस्। तनावले मुटुसँग विभिन्न समस्या उत्पन्न हुन्छन् । तनाव दिने हर्मन कोर्टिसोले अस्वस्थ फ्याटमा बृद्धि गरी मुटुको समस्याको खतरा बढाउँछ र अझै चिल्लो, चिनीयुक्त खानाप्रतिको आशक्त बढाउँछ । तसर्थ स्वस्थ मुटुको लागि आजैदेखि तनाबरहित हुनुहोस्।
सिपिआर तालिम अनिवार्य हुनुपर्छ

डा यादवदेव भट्ट
वरिष्ठ मुटुरोग विशेषज्ञ, नर्भिक अस्पताल
हामीले सन् २००४ मा गंगालालमा एन्जियोप्लास्टी सेवा सुरु गरेका हौं । त्योभन्दा अगाडि नर्भिकमा यो सेवा सुरु भएको थियो । हामीले गंगालालमा सेवा सुरु गर्दा मुस्किलले एक जना बिरामी भेटिन्थ्यो। तर, अहिले दैनिक ४–५ जनाको एन्जियोप्लास्टी हुन्छ । महिनामा मैले ४० देखि ४५ जनाको एन्जियोप्लास्टी गरिरहेको छु । यो भनेको नेपालमा मुटुरोगका बिरामी बढ्दै गएको प्रमाण हो ।
उपचार सेवाका दृष्टिले हार्डवेयर र सफ्टवेयर अर्थात् संस्था र जनशक्ति दुवै क्षेत्रमा क्रमिक विकास भइरहेको छ । तर, बिरामीको दाँजोमा निकै कम छ।
हृदयाघात भएर लडेका बिरामीलाई जति छिटो अस्पताल पुर्याउन सक्यो त्यति धेरै बाँच्ने सम्भावना हुन्छ। तर, हामीकहाँ ढिलो गरी अस्पताल पुग्ने चलन छ । हृदयाघातका कारण बेहोस भएर ढलेका बिरामीलाई तत्कालै कार्डियो पल्मोनरी रिससिटेसन (सिपिआर) अर्थात् तालिम प्राप्त व्यक्तिले छातीमा दुवै हातले थिच्ने र मुखबाट हावा दिएर अचेत अवस्थामा रहेका व्यक्तिको श्वासप्रश्वास फर्काउने काम गर्न सके ५० प्रतिशत मृत्यु रोक्न सकिन्छ। विदेशमा १८ वर्षमाथिका अधिकांश व्यक्तिले यस्तो तालिम लिएका हुन्छन् । हामीले पनि पछिल्लो समय बैंक तथा कार्यालयमा पुगेर यस्तो तालिम दिइरहेका छौं। सिपिआर तालिमलाई अनिवार्य गर्न सके धेरै मृत्युलाई रोक्न सकिन्छ।
अस्वस्थ खानपान र 18मा सुधार आवश्यक

डा दिवाकर शर्मा
वरिष्ठ मुटुरोग विशेषज्ञ, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र
नेपालीको बढ्दै गएको आयस्रोतका कारण 18मा पनि अस्वभाविक परिवर्तन आइरहेको छ । जसका कारण ग्रामीण भेगका मानिस सदरमुकाममा आएर बस्ने वा अन्य सहरी क्षेत्रमा बसाइ सर्ने क्रम जारी छ । गाउँबाट सहरमा आएका मानिस विलासी हुँदै जाँदा मुटुरोग पनि बढिरहेको हो ।
अर्कोतर्फ हुर्कंदै गरेका केटाकेटीलाई सहरी क्षेत्रमा पर्याप्त खेल्ने मैदान छैन । जंकफुड तथा विषादीयुक्त खाना नियमित खाइरहेका छन् अनि प्रदुषणको मार उस्तै छ । रेस्टुरेन्टको खानपिन उस्तै अस्वस्थकर छ । जथाभावी नुन तथा चिल्लो हालिएको खानेकुरा छ। अनुमगन छैन । यतातिर सरकारले कुनै ध्यान नदिँदा भोलिका दिनमा तन्नेरीमै धेरै नेपालीको मुटु बिग्रिने खतरा छ । सन् १९६० र ७० को दशकमा अमेरिकाले भोगेको पीडा अब हामीले खेप्नुपर्ने अवस्था आइरहेको छ । त्यसकारण सरकारले उपचार सेवाको विस्तारसँगै रोगको मुहान बन्द तथा साँघुरो बनाउने बाटोतर्फ प्राथमिकता दिनुपर्छ ।
धुमपान र मद्यपान नगर्ने, जंकफुड रोक्ने, सहरमा पर्याप्त मात्रामा खुला स्थान बनाउने, प्रदुषण रोक्ने, रेस्टुरेन्टका फास्टफुडलाई रोक्ने/नियमन गर्ने, वडा–वडामा रक्तचाप, सुगर जाँचको व्यवस्था गर्ने हो भने मुटुरोग लाग्नबाट धेरैलाई जोगाउन सकिन्छ । साथै, सरकारले गंगालाललाई प्रतिष्ठान बनाएर आवश्यक जनशक्ति उत्पादनको बाटो पनि खोल्नुपर्छ ।
आरामदायी 18ले निम्त्याउँछ मुटुरोग

डा रत्नमणि गजुरेल
वरिष्ठ मुटुरोग विशेषज्ञ, मनमोहन कार्डियोथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्स सेन्टर
मानव शरीरमा सबैभन्दा पहिला काम गर्न सुरु गर्ने अंग मुटु हो । मानिसको जीवन मुटुको धड्कनबाट सुरु हुन्छ र अन्त्य पनि मुटु बन्द भएसँगै हुन्छ । मानिसको मुटु आमाको पेट भित्र रहँदादेखि नै चल्न थाल्छ । आमाको पेटमा ७ देखि ८ हप्ताको हुँदा मुटु चल्न थाल्छ । मुटुले शरीरका सबै अंगमा रगत पम्प गरेर पठाउने काम गर्छ । जबसम्म मुटु राम्रोसँग चल्छ मानिस स्वस्थ रहन्छ तर जब यसमा गडबड आउँछ शरीरमा विभिन्न रोग तथा समस्या देखिन थाल्छ ।
पछिल्लो समय मुटुका बिरामी बढेका छन् । मुटुरोगमध्ये विशेषगरी कोरनरी आर्टरी डिजिज रक्तचाप, सुगर, खानपान, 18 र उमेर बढ्दै जाँदा देखिन्छ । मुटुका रोग लगाउने जोखिमलाई परिवर्तनशील र परिवर्तन गर्न नसकिने गरी दुई भागमा छुट्याउन सकिन्छ । व्यवहार र चालचलन परिवर्तनशील जोखिम हुन् भने उमेर, लिंग, वंशाणुगत आदि परिवर्तन गर्न नसक्ने जोखिम हुन्।
उच्च रक्तचाप तथा सुगरको समस्यालाई मानिसले खानपान र व्यवहारबाट परिवर्तन गर्न सक्छन् । धूमपान, मद्यपान छाड्न सक्छन् । तर, जन्मजात जिनमै रोगको जोखिम छ भने त्यो परिवर्तन गर्न सकिँदैन ।
मुटुरोग विलासी जीवन, मोटोपन, उच्च रक्तचाप, अस्वस्थ 18का कारण धेरै देखिन थालेको छ । त्यसकारण यसलाई मानिस आफैंले नियन्त्रणमा ल्याउन सक्छन् । जहाँ आरामदायी 18 छ, त्यहाँ कोरनरी हार्ट डिजिज बढी हुन्छ । तुलनात्मक रुपमा गाउँमा शारिरीक परिश्रम बढी हुन्छ । त्यसैले त्यहाँ मुटुरोग सहरमा भन्दा कम छ ।
पछिल्लो समय रेमिट्यान्स लगायतका कारण जीवनलाई सरलीकरण गर्ने क्रममा मानिस विलासी बन्दै गएका छन् । गाउँबाट सहर बसाइ सरेकाहरुले सहरी 18को नक्कल गर्दा थप समस्या बल्झिएको छ । योसँगै बढिरहेको तनावले पनि रोग थपिएको छ । त्यसैले मानिसले मुटु रोगबाट बच्न स्व
स्थ 18 अपनाउन जरुरी छ ।
नियमित व्यायाम र स्वास्थ्य परीक्षण गरौं

डा प्रकाशराज रेग्मी
वरिष्ठ मुटुरोग विशेषज्ञ, वीर अस्पताल
मुटु जोगाउन प्रत्येक दिन ४० देखि ५० मिनेट व्यायाम गर्नुपर्छ । जीवनलाई सुखी बनाउन नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक छ । यसका साथै मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह उच्च कोलेस्टेरोल जस्ता समस्याको समयमै उपचार गराउनुपर्छ । मोटोपन नियन्त्रण, मानसिक तनावबाट मुक्ति, व्यायाम, योगाभ्यास आदिले मुटुका समस्या लाग्नबाट बचाउँछ ।
काठमाडौंको विकल्प बन्दैछ चितवन

डा श्यामराज रेग्मी
वरिष्ठ मुटुरोग विशेषज्ञ, चितवन मेडिकल कलेज
मुटुको उपचार भन्ने बित्तिकै काठमाडौं जानुपर्छ भन्ने वाध्यतालाई हामीले क्रमशः हटाउँदै गइरहेका छौं । चितवनमा हामीले ०७० भदौ ११ देखि क्याथल्यब सेवा दिन थालेका हौं । यहाँ अहिले मुटुको ओपोडीदेखि जटिल शल्यक्रियासम्म हुन थालेको छ । हृदयाघात भएका धेरै बिरामीले नयाँ जीवन पाइसकेका छन् । मुटुको उपचारका लागि दैनिक ७० भन्दा बढी बिरामी ओपिडीमा आउँछन् । मुटु उपचार सेवा सुरु भएयता हामीले १५ सयभन्दा बढीलाई नयाँ जीवन दिन सफल भएका छौं ।