दाङ– राप्ती उपक्षेत्रीय अस्पताल औपचारिक रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण भएको छ। लामो विवाद र छलफलको विषय बन्दै आएको प्रतिष्ठानले स्थापना भएको झण्डै एक वर्षपछि अस्पताल पाएको हो।
स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा एक कार्यक्रम गरी अस्पतालको चल–अचल सम्पत्ति र जनशक्ति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारी र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीले संयुक्त विज्ञप्तिमार्फत अस्पतालको सम्पत्ति तथा कारो बार प्रतिष्ठानलाई हस्तान्तरण गरे।
मन्त्रालयका प्रतिनिधि डा. विनोदकुमार गिरी, जिल्ला प्रशासन कार्यालय दाङका प्रतिनिधि र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिको रोहवरमा प्रतिष्ठानका उपकुलपति डा. भण्डारी, रजिष्ट्रार रामप्रसाद प्याकुरेल र अस्पताल निर्देशक प्रा.डा. ऋतु शर्मा बराललाई अस्पताल हस्तान्तरण गरिएको हो।
अब अस्पतालबाट पुर्याउँदै आएको सेवा प्रतिष्ठान मार्फत सञ्चालन हुने बताइएको छ।
गुणस्तरीय सेवामा केन्द्रित हुन्छौं : प्रतिष्ठान
यसैबीच अस्पतालका निर्देशक डा. बरालले आफूहरु अब गुणस्तरीय सेवामा केन्द्रित रहने बताएका छन् ।
स्वास्थ्य सेवा, पढाइ र अनुसन्धान प्रतिष्ठानका मुख्य काम भएको उल्लेख गर्दै उनले अन्य काम विस्तारै सुरु हुने भएकाले अहिले सम्पूर्ण ध्यान स्वास्थ्य सेवामा केन्द्रित गर्ने बताए ।
उनले अब अस्पतालको अवस्था अध्ययन गरेर आइसियू र एनआइसियू, डायलासिस लगायतमा ध्यान दिने बताए ।उनले यहाँ आउने विरामीलाई अन्यत्र रिफर गर्ने स्थिति रो क्न आफूहरु पूर्णरुपमा लाग्ने बताए ।
जनशक्ति कति चाहिन्छ अध्ययन गरेर सिनेटले पास गरेको योग्यताअनुसार जनशक्ति पूर्ति गरिने पनि उनले बताए।
उपकूलपति डा. भण्डारीले पनि प्रतिष्ठानको पुरै ध्यान स्वास् थ्य सेवामा केन्द्रित हुने बताए । ‘दाङबासीको चाहना हामीले बुझेका छौं’, उनले भने, ‘हामी तुरुन्त परिणाम देखाउने गरी काम गर्नेछौं, यहाँ आएका को ही पनि बिरामी आर्थिक समस्याले फर्कनुपर्ने छै न ।’ भएको जनशक्तिलाई अपग्रेड र नयाँ जनशक्ति थप गरेर काम अघि बढाउने उनले बताए।
सफलता समन्वयमा निर्भरः मन्त्रालय
स्वास्थ्य मन्त्रालयको प्रतिनिधिको रुपमा आएका प्रदेश नम्बर ५ का स्वास् थ्य निर्देशक डा. विनोदकुमार गिरीले समन्वय गरेर अघि बढ्न प्रतिष्ठानलाई सुझाव दिए।
अब संघीय सरकार, विकास समिति र प्रतिष्ठानका गरी तीन तहका चिकित्सक कर्मचारी रहने उल्लेख गर्दै उनले तीन तहका कर्मचारी र स्थानीयबासीसँग सहकार्य गरेर अघि बढ्न नसके प्रतिष्ठान धराशायी हुनसक्ने खतरा औंल्याए।
पोखराको अनुभव सुनाउँदै उनले भने , ‘समन्वय नगरे र प्रतिष्ठान एक्लै अघि बढ्न खोजे धेरै समस्या आउने गरेका छन्, कर्मचारी नियमावली नबनाएर आफूखुशी कर्मचारी नियुक्त गर्दा मुद्दा पर्ने सम्भावना पनि उत्तिकै रहन्छ, यसप्रति सजग रहनुहो ला।’
अब प्रतिष्ठान बलियो बनाएर जानुपर्ने उल्ले ख गर्दै उनले मन्त्रालय मातहतका चिकित्सक कर्मचारीलाई नआत्तिन पनि आग्रह गरे।
विस् तारै प्रतिष्ठान बलियो बन्दै गए मन्त्रालयले कर्मचारीलाई तान्दै लैजाने भएकाले कोही पनि आत्तिन जरुरी नभएको उनले बताए।