धनगढी- नेपाल जनस्वास्थ्य संघको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा अध्यक्षका उम्मेदवार श्रीकृष्ण भट्टले अग्रता लिएका छन्। शनिबार भएको संघको निर्वाचनबाट ३९ मत प्राप्त गरी भट्टले अग्रता लिएका हुन्। उनका प्रतिद्वन्द्वी मोहनकृष्ण श्रेष्ठले १४ मत प्राप्त गरेका थिए। कुल ५४ मत खसेकोमा अध्यक्ष पदमा एक मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।
त्यस्तै उपाध्यक्षमा कृष्णमान शाक्यले ३१ मत प्राप्त गरेका थिए भने अर्का प्रत्यासी सुदर्शन पौडेलले १९ मत प्राप्त गरे। महासचिवमा महेश्वर श्रेष्ठले २६ मत, सचिवमा रामानन्द पण्डितले १५ मत, कोषाध्यक्षमा विनोद जोशीले ३६ मत र सह कोषाध्यक्षमा सञ्जीवकुमार शाहले २६ मत प्राप्त गरेका छन्।
त्यस्तै जितेन्द्र नायकले १६, निधुराम दंगालले २७, राजनबाबु सिलवालले २३, रामचन्द्र सिन्हाले २३, रविकान्त मिश्रले ३३, श्रीकृष्ण बस्नेतले २०, गजेन्द्रप्रसाद यादवले १२, रोशन लामाले २८ र विमला भट्टले ३० मत प्राप्त गरी सदस्यमा अग्रता लिएका छन्।