काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खारेज भएका स्वास्थ्य संस्थाका १ हजार ६ सय ४० फाजिल कर्मचारीको व्यवस्थापन गर्न सातै प्रदेशमा पत्र पठाएको छ।
देश संघीय संरचनामा गएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, क्षेत्रीय मेडिकल स्टोर, जिल्ला जन÷स्वास्थ्य कार्यालय खारेज भएपछि १ हजार ६४० कर्मचारी फाजिल भएका थिए ।
मन्त्रालयका उपसचिव बाबुराम खनालले फाजिल भएका कर्मचारी व्यवस्थापन प्रदेशमा बनेका नयाँ संस्थामा हुने बताउदैँ प्रदेशका सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय, फिल्ड कार्यालयमा भएका स्वास्थ्यका दरबन्दीमा ती कर्मचारीलाई व्यवस्थापन, खटनपटन गर्न नाम पठाइएको जानकारी दिए।
गत असोज १३ गते मन्त्रीस्तरीय निर्णयअनुसार सोमबार मन्त्रालयले सबै प्रदेशमा पत्र पठाएको हो। मन्त्रालयले खटाइएका कर्मचारी र बाँकी रहने कर्मचारीको विवरण पनि मन्त्रालयमा पठाउन भनेको छ।
साथै प्रदेश मताहतमा रहेका स्वास्थ्य संस्थामा सेवा अवरुद्द नहुने गरी कर्मचारी खटाउन सकिने अधिकार दिएको छ।
हरेक प्रदेशमा फाजिल भएका कर्मचारीको नाम सूचीसहित मन्त्रालयले केही कर्मचारीको व्यवस्थापन गर्दै बाँकी कर्मचारीको प्रदेशलाई नै खाली भएको दरबन्दीमा व्यवस्थापन गर्न अधिकारसहित पत्र पठाएको छ।
नयाँ स्वास्थ्य संरचनामा पनि करिब ४ सय ७७ जति मात्र कर्मचारी व्यवस्थापन हुने देखिन्छ। बाँकी कर्मचारीको व्यवस्थापन कसरी हुन्छ भन्ने अन्योल नै देखिन्छ।

हेरौं सूची























































