चितवन- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अर्बुदरोगसम्बन्धी 4 पढाइ हुने भएको छ। पोखरा विश्वविद्यालय र अस्पतालले संयुक्त रुपमा बिएनएस (ब्याचलर अफ 4 साइन्स) अंकोलोजी विषयको पढाइ सञ्चालन गर्न लागेका हुन्।
विश्वविद्यालयका स्वास्थ्य सङ्काय डीन डा खेमराज जोशीका अनुसार भर्ना प्रक्रिया शुरु भइसकेको छ। भर्नाका लागि फाराम वितरण भइरहेको छ। बीस विद्यार्थीलाई 4 पढाइने उनले बताए। नेपालमा पहिलो पटक अर्बुदरोगसँग सम्बन्धित 4 पढाइ शुरु गरिएको उनको जिकिर छ। जोशीका अनुसार विश्वविद्यालयले आङ्गिक क्याम्पसका रुपमा यहाँ पठनपाठन सञ्चालन गर्नेछ।
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले पहिलो दुई वर्ष जनरल 4 र त्यसपछिको एक वर्ष अर्बुदरोगसम्बन्धी पढाइ गरिने बताए। अस्पतालमै विज्ञ प्राध्यापक भएकाले कार्यक्रम सञ्चालन गर्न सहज हुने उनको भनाइ छ।
प्रमाणपत्र तहको 4 उत्तीर्ण गरेकाहरुले यस विषयको अध्ययन गर्न पाउने छन्। अस्पतालमा 4 कार्यक्रम शुरु भएसँगै जनशक्ति अभाव नहुने उनले बताए। यस विषयको पढाइ नहुँदा हाल अस्पतालमा सामान्य 4 पढेकाहरुबाट काम लिइँदै आएको छ।