काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा अध्ययनरत आवासीय चिकित्सकहरूको छाता संस्था रेजिडेण्ट एसोसिएसन अफ न्याम्स (र्यान)मा नयाँ कार्यसमिति चयन भएको छ।
र्यानमा डा. शरदचन्द्र बरालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो। र्यानको वरिष्ठ उपाध्यक्षमा डा. रवि आचार्य, उपाध्यक्षमा डा. उशान्त आचार्य, महासचिवमा डा. मोहन नाथ, सचिवमा डा. गौरव कर्ण, सहसचिवमा डा. सागर देवकोटा तथा कोशाध्यक्षमा डा. कृष्णराज अधिकारी चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा डा. अहमद जुसान, डा. अमित पोख्रेल, डा. अस्कल देवकोटा, डा. गणेश चालिसे, डा. ईश्वोरी खनाल, डा.जनार्दन गौतम, डा. जयराज जोशी, डा. मिलन सिलवाल, डा. निवास शर्मा, डा. पृथा भट्ट, डा. राजन महत, डा. सञ्जु सापकोटा, डा. सौहार्द लोहनी, डा. श्रवण थापा, डा. शिरीषचन्द्र रेग्मी तथा डा. सोमनाथ भण्डारी छनौट भएका छन्।
एसोसिएसनका निवर्तमान अध्यक्ष एवं नयाँ कार्यसमिति निर्वाचन कमिटिका संयोजक डा. बोम बिसीले यस कार्यसमितिको सफलताको शुभकामनासहित कार्यक्रम समापन गरेका थिए।