काठमाडौं- सरकारले स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तानेको छ।
स्वास्थ्य मन्त्रालय रहँदा विवादास्पद कार्य गरेको भन्दै उनलाई प्रधानमन्त्री कार्यालय तानिएको हो। चौधरीलाई 'हाललाई सरुवा गरेको' मुख्यसचिव लोकदर्शन रेग्मीले स्वीकार गरे।
मुख्य सचिव रेग्मीका अनुसार उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी जिम्मेवारी नतोकी सरुवा गरिएको हो। उक्त निर्णय भने केही दिनअघि नै भएको उनले बताए।
काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पतालको स्वीकृति विवाद, थुप्रै ठेक्का र सरुवाको विवादमा समेत चौधरी तानिएकी थिइन्। उनको सरुवासँगै निमित्त सचिवको जिम्मेवारी १२औं तहका सुशीलनाथ प्याकुरेलले पाउने भएका छन्।
मन्त्रालयमा फाइल थन्क्याएर लामो समयसम्म राख्ने, कसैको कुरा नसुन्ने भन्दै कर्मचारीहरु रुष्ट हुँदै आएका थिए।