हुम्ला– हुम्लाको सदरमुकाम रहेको जिल्ला अस्पताललाई ५० शैय्याको बनाउने घोषणा कर्णाली प्रदेशका सामाजिक तथा विकास मन्त्री दल रावलले गरेका छन्।
जिल्ला अस्पताल हुम्लाको नयाँ भवनको उद्घाटन गर्ने हुम्ला पुगेका मन्त्री रावलले यस्तो बताएका हुन्।
बिरामीको बढ्दो चापका कारणले जिल्ला अस्पताल हुम्लालाई स्तर वृद्धि गरी ५० शैयाको अस्पताल बनाउने भएको छ।
सदरमुकाम सिमकोट आसपासका मात्रै नभई जिल्लाका ७ वटै गाउँपालिकबाट बिरामी भएपछि जिल्ला अस्पताल हुम्लाबाट सेवा लिँदै आएका छन्।
अदानचुली गाउँपालिकामा १५ शैयाको अस्तपाल निर्माण गर्नेुका साथै जिल्लाका ७ वटै गाउँपालिकामा सामुदायिक स्वास्थ्यचौकी पनि सरकारले छिट्टै व्यवस्थापन गर्न मन्त्री रावलको जोड छ ।
सुत्केरी तथा गर्भवतिको समयमा वर्षांैदेखि अकालमा ज्यान गुमाउँदै आएका हुम्लाका महिलाहरुका लागि १ करोड बजेट एयरलिफटिङ्गका लागि समेत विनियोजित गरिसकेको मन्त्री रावलको छ ।
थप आवश्यक परेमा केन्द्रिय सरकारसँग पनि अनुरोध गर्ने सबै भन्दा पहिला प्रदेश सरकार र केन्द्रिय सरकारले राष्ट्रिय सडक नजोडिएका हुम्लालाई ३ वर्षभित्रै सडक पु¥याउने लक्ष्य राखेको सामाजिक विकास मन्त्री रावललको छ।
जिल्ला अस्पताल हुम्लामा ५० शैयाको अस्पताल निर्माण हुने भएपछि स्थानीयहरुमा खुसी छाएको छ ।