काठमाडौंं– केही दिनदेखि अस्वस्थ् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आइरहेको बताइएको छ । उनलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताएका छन्।
अस्वस्थ भएपनि निजी चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट, बैठक र सभामा भाग लिन छाडेका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा अर्यालले जारी गरेको प्रेस नोटअनुसार ज्वरो नियन्त्रणमा आएर उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ।
