काठमाडौं- चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो दुई महिना (साउन र भदौ)मा नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४८ जना कर्मचारी विदेश भ्रमणमा पुगेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार दुई महिनाको यो अवधिमा स्वास्थ्यसहित २२ वटा मन्त्रालयका सवा ८ सय कर्मचारी विदेश गएका हुन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीहरु विभिन्न तालिम तथा कार्यक्रमका लागि विदेश गएका हुन्। स्वास्थ्यका कर्मचारीलाई सबैभन्दा बढी 11 संगठनले तालिम तथा मिटिङका लागि विदेशमा लगेको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै निकायहरूसँग विदेश भ्रमण गएका कर्मचारीको विवरण माग गरेको थियो। कार्यालयले केही समयअघि पत्र नै पठाएर वैदेशिक भ्रमणमा जाने कर्मचारीको विवरण पेस गर्न निर्देशन दिएको थियो।
जथाभावी वैदेशिक भ्रमणमा जाने प्रवृत्तिले अभिलेख समेत नरहने र राज्यको बजेट खर्च हुने भएकाले व्यवस्थित गर्नु अत्यावश्यक रहेकाले विदेश भ्रमणमा जाने कर्मचारीको विवरण माग गरिएको कार्यालयले जानकारी दिएको छ।
वैदेशिक भ्रमण व्यवस्थित गर्न गत बैशाखमा सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका जारी गरेको थियो।
स्वास्थ्यका कर्मचारीलाई विदेश लैजाने संस्था र जाने संख्या

