काठमाडौं— नेपाल मेडिकल काउन्सिलले स्वदेश र विदेशमा अध्ययन गरेका डाक्टरी विद्यार्थीहरुको लाइसेन्सिङ परीक्षामा सहभागिताका लागि फरक फरक व्यवस्था गरेको छ।
काउन्सिलले नेपालमा एमबिबिएस वा बिडिएस गरेका विद्यार्थीले ६ महिना इन्टर्नसिप र विदेशमा अध्ययन गरेको हकमा १ वर्ष इन्टर्नसिप गरेपछि मात्र लाइसेन्सिङ परीक्षामा सहभागि हुन पाउने व्यवस्था लागू गर्न लागेको हो।
स्वदेश र विदेशमा अध्ययन गरेका विद्यार्थीलाई फरक मापदण्ड लागू गर्न लागेको विषयमा विभिन्न संघसंस्थाले विरोध गरेका छन्।
यसैबीच, बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन नेप्लिज मेडिकल स्टुडेण्ट एशोसियन बंगलादशले विज्ञप्ती जारी गर्दै यसको विरोध गरेको छ।
एशोसिएसनले विदेशमा एमबिबिएस र बिडिएस पुरा गरी एक वर्ष इन्टर्नसिप गरेपछि मात्र लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था विभेदकारी भएको बताएको छ ।
नेपाल र विदेशमा अध्ययन गर्ने विद्यार्थीको समान व्यवस्था हुनुपर्ने भन्दै एशोसियसनले काउसिन्सलको यस्तो व्यवस्थाले विदेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई हतोत्साहित बनाउने काम गरेको भन्दै विरोध गरेको हो।
काउन्सिलले आगामी लाइसेन्स परीक्षादेखि लागू हुने गरी नयाँ व्यवस्था गर्दै नेपालमा नेपालमा एमबिबिएस र बिडिएस पुरा गरेका विद्यार्थीले छ महिना इन्टसिप गरे लाइसेन्स परीक्षामा सुहभागी हुने पाउने र विदेशमा अध्ययन गरेका विद्यार्थीको हकमा एक वर्ष इन्र्टसिप गरेपछि लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको सूचना प्रकाशित गरेको थियो।
विज्ञप्तीमा यो व्यवस्था यथाशिघ्र र्फिता नभए विदेशमा चिकित्सा शिक्षामा अध्ययनरत सम्र्पूण नेपाली विद्यार्थीले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ।
