काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए। थप समस्या देखिएपछि सोमबार बिहानै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा भर्ना गरिएको हो।
छातीमा संक्रमण र चिनीको मात्रा असन्तुलित देखिएकाले बिहान ४:३० बजे अस्पताल भर्ना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए।
शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत उनी स्वास्थ्य समस्याकै कारण जान सकेका थिएनन्। संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएपछि निवासमै बसेका थिए।
मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढेको चिकित्सकले बताएका छन्।