कलैया– वडा अध्यक्षले मादक पदार्थ सेवन (मापसे) गरेर अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई धम्क्याएको भन्दै कलैया अस्पताल बाराका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले आज ओपिडि सेवा बन्द गर्ने निर्णय गरेका छन्।
कलैया उपमहानगरपालिका वडा नं ३ का वडा अध्यक्ष लगायत १० देखि १५ जनाको समूहले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर छड्के गर्न आएका हौँ भनेर इमरजेन्सी फाँटमा मापसे सेवन गरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लगायत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई धम्क्याएको र दुव्र्यवहार गरेको विज्ञप्तीमा उल्लेख छ ।
डाक्टरहरुद्वारा जारी विज्ञप्ति अनुसार मंगलबार राति ८ बजेतिर उक्त घटना घटेको हो।
दोषीलाई कानूनी दायरामा ल्याइ कडा भन्दा कडा कारबाही नगरेसम्मका लाागि ओपिडी सेवा बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ।
