मुख्य समाचार

प्रदेश ३ ले सुरु गर्यो‍ ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

स्वास्थ्यखबर

काठमाडौं– प्रदेश नं ३ ले ‘एक विद्यालय एक नर्स कार्यक्रम सुरु गरेको छ । उक्त प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा विभिन्न २० विद्यालयका लागि नर्स करारमा लिने भएको छ।

सामाजिक विकास मन्त्रालयले २०७५०७६ को नीति तथा कार्यक्रममा ‘एक विद्यालय एक नर्स’ पारित गरेको थियो । सोही कार्यक्रम कार्यान्वयनमा ल्याउँदै बुधबार 4 जनशक्तिका लागि भर्ना खोलेको छ।

प्रदेश नं ३ अन्तर्गतका २० विद्यालयका लागि करारमा नर्स लिइने भएको छ । 4 विषयमा प्रवीणत प्रमाण पत्र तह (पिसिएल) गरेकाले आवेदन दिन पाउनेछन् ।  १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने बताइएको छ।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने