काठमाडौं– चिकित्सा शिक्षा विधेयकमा छलफल गर्न भनेर बोलाइएको शिक्षा स्वास्थ्य उपसमितिको बैठक गणपुरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । बैठक आगामी मंसिर २ गतेसम्म स्थगित भएको नेकपा सांसद खगराज अधिकारीले बताए।
बिहीबार बिहान १०:२० बजे उपसमितिको बैठक बोलाइएको थियो । ११ बजेसम्म पर्याप्त सदस्यहरु उपस्थित नभएपछि बैठक स्थगित गरिएको समिति सचिवालयले जनाएको छ । मूल समितिको बैठक पनि मंसिर २ गते नै बस्ने तय भएको छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।