काठमाडौं– बानेश्वरकाे हाेटल एभरेस्ट अगाडि सामूहिक रुपमा डिएनए परीक्षणका लागि भन्दै रगत संकलन भइरहेकाे छ।
'निर्मलाकाे निन्ति न्याय' अभियानले सरकारकाे विराेधस्वरुप सांकेतिक रुपमा डिएनए टेस्ट तथा रक्तदान कार्यक्रम गरेकाे रगत संकलन गरिरहेकी नर्स जिता बारालले बताइन्।
कञ्चनपुरकी १३ वर्षीया निर्मलाकाे बलात्कार गरी हत्या भएकाे शुक्रबार सय दिन पुगेकाे छ, तर हत्यारा अझै पत्ता लाग्न सकेकाे छैन।
हत्यारा पत्ता लगाएर कारबाहीकाे माग गर्दै यसअघि पनि विभिन्न दबाबमूलक कार्यक्रम भइरहेका छन्।