काठमाडौं– सर्वोच्च अदालतले सचिव डा पुष्पा चौधरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गर्ने निर्णय कायान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चका प्रधान न्यायाधिश ओमप्रकाश मिश्रको एकल इजलासले शुक्रबार सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तान्ने निर्णय कार्यान्वयनमा नगर्न र सरकारले उक्त निर्णय किन गरेको हो भन्नेमा कारण देखाउ आदेश जारी गरेका हुन्।
गत असोज २८ गतेको मन्त्रीपरिषद्ले डा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तान्ने निर्णय गरेको थियो। उक्त निर्णय गैरकानुनी भएको भन्दै डा चौधरीले बिहिबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्।