काठमाडौं— नसर्ने रोगको जोखिम न्युनिकरण गर्न सरकारले सुरु गरेको ‘प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल डिजिज ९पेन प्याकेज०’ कार्यक्रम थप १४ जिल्लामा विस्तार हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय स्वास्थ्य संस्थाबाट नसर्ने रोगको परीक्षण र उपचार लगायतका सेवा उपलब्ध गराउन कार्यक्रम विस्तार गर्दै गएको हो।
क्यान्सर, मुटु रोग, उच्च रक्तचाप, मधुमेह, हृदयघातजस्ता नसर्ने रोगको परीक्षण र उपचार सेवा गाँउ गाँउमा पुर्याउन भन्दै करिब दुई वर्ष अघि यो कार्यक्रम सुरु भएको थियो। हाल यो कार्यक्रम १६ जिल्लामा सञ्चालनमा छ। यो वर्ष विस्तार गरेर ३० जिल्लामा पुर्याउन लागिएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका नसर्ने तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्र बरालले नयाँ सुरु गर्न लागिएका जिल्लाका लागि विभिन्न परीक्षण उपकरण खरीद गर्ने, जनशक्तिलाई तालिम दिनेलगायतका काम सुरु भइसकेको बताए।
रोग लाग्नुभन्दा रोग लाग्नै नदिने उद्धेश्यसहित सुरु भएको यो कार्यक्रम आगामी दुई बर्षभित्र सबै ७७ जिल्लामा बिस्तार गर्ने लक्ष्य रहेको महाशाखाले जनाएको छ।
कार्यक्रम सञ्चालनका लागि यो आर्थिक वर्षलाई करिब पाँच करोड रकम विनियोजन भएको छ। जसमा करिब दुई करोड मानसिक स्वास्थ्यका कार्यक्रमका लागि खर्च हुनेछ। यसका साथै सातै प्रदेशमा एक करोड रुपैँया पठाइएको बरालले जानकारी दिए। उक्त रकम पचास लाख औषधि उपकरण खरिद र बाँकी रकम तालिम, जनचेतना सञ्चालनका लागि रहेको छ।
विस्तारपछि पेन प्याकेज कार्यक्रम इलाम, झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, पर्सा, मकवानपुर, सिन्धुली, भक्तपुर, नुवाकोट, धादिङ, चितवन, म्याग्दी, बाग्लुङ, कास्की, तनहुँ, गोरखा, बर्दिया, पाल्पा, रोल्पा, सुर्खेत, जाजरकोट, जुम्ला, कैलाली, अछाम र बैतडी गरी ३० जिल्लामा लागू हुनेछ।
पेन प्याकेजिङ कार्यक्रममा ग्रामिण क्षेत्रका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै नसर्ने रोगको जोखिम पहिचान तथा उपचार गर्ने कार्यक्रम छ । जसअन्तर्गत उपचारको पहुँचमा आउन नसकेकाहरुको स्वास्थ्य परीक्षण गरी जोखिम पत्ता लगाउने, जोखिमा रहेका तथा रोग लागेकालाई उपचार गर्ने, रोग लाग्नै नदिने उपायहरु गाँउगाँउमा फैलाउने लगायतका कार्यक्रम हुनेछन् । यी सबै रोगहरु खानपान र 18मा आएको अस्वस्थ परिवर्तनका कारण बढ्दै गएको हो ।
डव्लुएचओको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा अहिले नसर्ने रोगका कारण हुने मृत्युदर ६० प्रतिशतमा पुगेको छ । जबकी यो दर सन् २०१० मा ५१ प्रतिशतमा रहेको छ । यो दर सन् २००२ मा ४२ प्रतिशत मात्रै थियो । खानपान र 18मा सुधार ल्याउन सकेमा मात्र यी रोगबाट धेरैको ज्यान जागाउन सकिने चिकित्सकहरुले बताउँदै आइरहेका छन् ।
11 संगठनले सन् २०११ मै गरेको अध्ययन अनुसार नेपालमा हुने कुल मृत्युमध्ये सरुवा रोग, कुपोषण, मातृ तथा बालमृत्यु दरसमेत हिसाब गर्दा ४२ प्रतिशत मात्र छ भने दुर्घटना एवं चोटपटकबाट ७ प्रतिशत मृत्यु दर छ । र, बाँकी ५१ प्रतिशत मृत्युको कारण नसर्ने रोग बनेको छ । जसमा मुटु एवं रक्तनलीसम्बन्धी रोगबाट २५, क्यान्सरबाट ११, श्वासप्रश्वाससम्बन्धी रोगबाट ५, मधुमेहबाट २ र अन्य नसर्ने रोगबाट ८ प्रतिशतको मृत्यु हुन्छ ।
सहिद गंगालाल हृृदय केन्द्रको अध्ययनअनुसार १८ वर्षभन्दा माथिका वयस्कहरूमा उच्च रक्तचाप २३ प्रतिशत छ । हृदयाघातको ५० प्रतिशत र पक्षघात (मस्तिष्कघात) को ५० देखि ७५ प्रतिशत कारक उच्च रक्तचाप नै हो । 11 संगठनले सन् २०२० सम्ममा नसर्ने रोगहरू महामारीका रूपमा फैलिने र यसले प्रत्येक परिवारलाई प्रभावित पार्ने चेतावनी दिइसकेको छ ।
नसर्ने रोगका कारक तत्वमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, अव्यवस्थित खानपान, परिवर्तित 18 र व्यायामको कमी रहेका छन् । स्वासप्रस्वासको क्रोनिक रोग सिओपिडीको कारणमा धुलो, धुँवा र प्रदुषण पनि मुख्य कारक रहेको छ । पछिल्लो समयमा नेपालका सहरी क्षेत्रमा बढ्दै गएको प्रदुषणले भविष्यमा सिओपिडीका बिरामी झन् धेरै बढ्ने सक्ने चिकित्सकहरुले बताएका छन् ।