काठमाडौं – सचिव डा पुष्पा चौधरीले पाएको अन्तरिमा अादेश खारेज गराउन सरकारले हालेको भ्याकेट निवेदनका विषयमा आज सुनुवाई हुँदैछ।
सरकारले डा चौधरीलार्इ प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि त्यस विरुद्ध डा चौधरीले मुद्दा हालेकी थिइन्। चौधरीले अन्तरिम आदेश लिएर पुन स्वास्थ्य मन्त्रालय फर्केपछि सरकार पनि भ्याकेटको निवेदन लिएर सर्वोच्च पुगेको थियो।
कर्मचारी ऐन नियम विपरित चौधरी सर्वोच्च पुगेर चेन अफ कमान्ड अस्वीकार गरेको भन्दै मुख्यसचिव समेत उनीसँग रुष्ट भएका थिए । प्रधानमन्त्री कार्यालयले र चौधरीले दायर गरेको निवेदन विश्वभर श्रेष्ठ र सपना प्रधान मल्लको इजलाशमा पेशी रहेको छ।
१३ थान मुद्दा पेशी रहेको उक्त इजलाशमा चौधरीको मुद्दा सुनुवाईको पहिलो नम्बरमै रहेको छ । पहिलो नम्बरमै भएकाले अयअघिको अन्तरिम निरन्तर जारी हुने कि खारेज हुने विषयमा आजै निर्णय हुने छ । आज अन्तरिम खारेज गरेमा डा चौधरी पुन प्रधानमन्त्री कार्यालय फर्कनु पर्नेछ।
तर यसअघि जारी भएको अन्तरिम निरन्तर भएमा भने चौधरी स्वास्थ्य मन्त्रालय मन्त्रालयमै कायम रहने छिन्।