चितवन– चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंकोलोजी विषयको कक्षा सञ्चालन गरिएको छ। क्यान्सर उपचार सेवा प्रभावकारी बनाउन अस्पतालले पोखरा विश्वविद्यालयसँगको समन्वयमा बिएन (ब्याचलर अफ 4 साइन्स) अंकोलोजी विषयको पढाइ सुरु गरेको हो।
4 कलेजको बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे।
उद्घाटनपश्चात बोल्दै प्रचण्डले क्यान्सर रोगको निदान र उपचारका लागि दक्ष जनशक्ति उत्पादन गर्नु आजको मुख्य आवश्यकता रहेको बताए। यसका लागि अस्पतालले क्यान्सर रोग विशेषज्ञ उत्पादन गर्न खेलेको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे।
उनले देशको विकासका लागि स्वास्थ्य क्षेत्रको विकास हुनु पनि महत्वपूर्ण रहेको बताए। ‘विकास निमार्णका काममा हामी सबैको एकता अपरिहार्य छ। शिक्षा, स्वास्थ्यजस्ता कुरालाई हाम्रो नयाँ संविधानले मौलिक अधिकारको रुपमा परिभाषित गरेको छ,’ उनले भने, ‘त्यसमध्ये पनि स्वास्थ्य सबैभन्दा प्राथमिक कुरा हो।
उनले क्यान्सर रोगीको संख्या बढेको बताउँदै यसको निदान र उपचारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। क्यान्सर निदान गर्ने जनशक्ति उत्पादन गर्नका लागि 4 कलेजको स्थापना गरिएकाले यसलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने प्रचण्डको भनाइ थियो।
पोखरा विश्वविद्यालयले पहिलो वर्ष २० जना विद्यार्थीका लागि मात्रै सम्बन्धन दिएको छ। हालसम्म १९ जना विद्यार्थी भर्ना भइसकेका अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार ३ जना विद्यार्थीले निःशुल्क छात्रवृत्ति पाएका छन्।
पोखरा विश्वविद्यालयले नेपालमै पहिलो पटक भरतपुरमा स्नातक तहअन्र्तगत 4मा अंकोलोजी विषयको पढाइ सुरु गरेको हो।