काठमाडौंं - काठमाडौं विश्वविद्यालय (केयू)ले चिकित्साशास्त्र तर्फ आज दीक्षान्त समारोह गर्न लागेको छ। दीक्षान्त समारोहमा चिकित्साशास्त्र तर्फका विभिन्न विषयका १ हजार ५ सय ५५ जना विद्यार्थी दीक्षित हुने भएका छन्।
केयू स्कुल अफ मेडिकल साइन्सेसका डिन डा राजेन्द्र कोजुका अनुसार २४औँ दीक्षान्त समारोहमा एमबिबिएस तर्फका ९ सय ६९, बिडिएस तर्फ १ सय ६६, बिएस्सी 4का १ सय ८२, बिएनएसका १८, बिपिटीका २२, एमडी, एमएस, एमडिएस, एमएस्सी, डिएम र एमसिएच १ सय ९८ जना विद्यार्थी दीक्षित हुँदै छन् ।