रुपन्देही– कान्छो जिल्लामध्येको एक रूकुम पुर्वमा स्वास्थ्य कार्यलय उद्घाटन गरिएको छ। प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेका हुन्।
संघीय संरचना अनुसारको नयाँ संरचनामा प्रदेशमा ६ वटा स्वास्थ्य कार्यालय रहनेछन्। तीमध्ये रुकुम पूर्वमा पहिलोपटक कार्यालय उद्घाटन गरिएको हो।
कार्यक्रममा मन्त्री बरालले कान्छो जिल्ला भएपनि स्वास्थ्य क्षेत्रमा प्रदेश नं ५ को उत्कृष्ट जिल्ला बनाउने बताए। उनले जिल्लामा छिट्टै जिल्ला अस्पताल स्थापना गर्ने र त्यसका लागि बजेज बिनियोजन गरिएको पनि जानकारी दिए।
नयाँ उद्घाटन भएको स्वास्थ्य कार्यलयका निमित्त प्रमुख डा पुर्ण बहादुर पुनले स्वास्थ्यमा रुकुम पूर्व अरुको तुलनामा पछि रहेकाले प्रदेश सरकारले बिषेश ध्यान दिनुपर्ने बताए।