रामेछाप– प्राथमिक स्वास्थ्य केन्द्र मन्थली रामेछापका डाक्टरलाई लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले ज्यान मार्ने धम्की दिएका छन् । एक मृतकको पोष्पार्टम रिपोर्ट आफूले भने अनुरुपको नबाइदिएको भन्दै यस्तो धम्की दिएको स्वास्थ्य केन्द्रले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापको सिफारिसमा लिखु तामाकोशी गाउँपालिकाकी ३९ वर्षीय मृतक झलकमाया श्रेष्ठको केन्द्रका डाक्टरले पोष्टपार्टम गरेका थिए । तर, उक्त पोष्टमार्टम चित्त नबुझेको भन्दै पुनः पोष्टमार्टमका लागि मृतक पक्षले शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं लगेका थिए।
तरपनि पोष्टमार्टममा संलग्न डाक्टरलाई मानसिक तनाव दिने, धम्क्याउने गरिएको केन्द्रका प्रमुख डा राकेश कुमार दासले बताएका छन् । यस घटनाले त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्धक्क उपचार सेवा दिने वातावरण नभएकाले दोषी माथि कारबाही गर्न आग्रह गरिएको छ।
कारबाही नगरिए अनिश्चितकालका लागि सेवा बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य हुने समेत प्रेस विज्ञप्तिमा जनाएको छ।
