काठमाडौं— स्वास्थ्य तथा जनसंख्या अन्र्तगतका विभिन्न जिल्लामा रिक्त रहेका स्थानका लागि लोकसेवा आयोगबाट सिफारिस भएका नवनियुक्त कर्मचारीले शूक्रबारसम्म कामकाजमा खटाइसक्ने बताइएको छ।
लोकसेवाबाट सिफारिस भएका कर्मचारीले एक महिने तालिम लिइरहेको समयमा नै मन्त्रालयले उनीहरुलाई पठाउने स्थान टुंगो लगाइसक्नु पर्ने थियो। तर, उनीहरुले तालिम सकेर आइसक्दा पनि मन्त्रालयले उनीहरुलाई खटाउन सकेको छैन। खाली स्थानमा दरबन्दी पहिचान नभएकाले कर्मचारीलाई पठाउन ढिलाई भएको मन्त्रालयले जनाएको छ।
लोकसेवा परीक्षामा नाम निकालेहरुलाई योग्यताक्रम (मेरिट)का आधारमा स्थान छनौट गराइ काममा खटाउन लागिएको कर्मचारी प्रशासन महाशाखाका उपसचिव बाबुराम लामिछानेले बताए। उनले भने ‘सबैलाई स्थान रोजाएर पत्र दिन लागेका छौँ, एकदुई जनाको मिलेन, त्यो बिस्तारै मिलाउछौं।’
मन्त्रालयले देशका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाका लागि मेडिकल अधिकृत ९३, डेन्टल ७, आयुर्वेद चिकित्सक १२, 4 अधिकृत ३०, प्याथोलोजिष्ट ७ र सूचना शिक्षा अधिकृत ६ जना कर्मचारीका लागि 23 निकालेको थियो।
मेडिकल अधिकृतमा छनौट भएका एक चिकित्सकले भने, ‘तालिम सकिएपछि काममा खटाइसक्नुपर्ने भएपनि मन्त्रालयले तयारी नगरेका कारण ढिलाई भएको छ।’
उनले अहिले पनि आफुले रोजेको स्थानका लागि राजनीतिक पावर लगाउनुपर्ने अवस्था रहेको बताए। 4 अधिकृततर्फ छनौट भएकी मध्येकी एक नर्सले मन्त्रालयले समयमा तयारी नगर्दा दिनहुँ मन्त्रालयमा धाउनुपरेको बताइन्।
‘तालिम सकिएपछि नियमित मन्त्रालय आउने घाम ताप्ने घर जाने काम भएकाले छ, चिठी दिन अझै २÷३ दिन लाग्छ भनेको छ’ उनले भनिन्।