रुपन्देही – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश समाजिक विकास मन्त्रालयलाई प्रदेश स्वास्थ्य कार्यलयमा कर्मचारी व्यवस्थापनको जिम्मा दिएको लामो समयपछि प्रमुख र स्वास्थ्यकर्मीलाई काममाज गर्ने गरि खटाएको छ।
स्वास्थ्य मन्त्रालयले एकमुष्ठ कर्मचारी प्रदेशमा पठाएको र प्रदेश समाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य कार्यालय प्रमुख र अन्य ठाउँमा खटाएको समाजिक विकास मन्त्रालय प्रशासन महाशाखाले जनाएको छ।
प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढकालले केन्द्रले पठाएका १ सय ४८ स्वास्थ्यकर्मीमध्ये दुईजनाको अवकाश, एकजना बाहिर, ३५ जना दरबन्दी अनुसार खटाएको र अन्य बाँकी १ सय ९ फजिलमा रहेको बताएका छन्।
प्रदेश अन्तर्गत रहने ६ वटा स्वास्थ्य कार्यालयमा २ जिल्ला हेर्ने डिभिजन प्रमुख तोकेको छ।
नवलपरासी र रूपन्देही हेर्ने गरी रूपन्देहीमा पुष्पा थापा, अर्घाखाँची, कपिलवस्तु र दाङ हेर्ने गरी दाङमा केशव पण्डित, बाँके र बर्दिया हेर्ने गरी बाँकेमा प्रेम बहादुर केसी, पाल्पा र गुल्मी हेर्ने गरी पाल्पामा बिश्व न्यौपाने, प्युठान र रोल्पा हेर्ने गरी प्युठानमा बिशाल सुवेदी र एकल जिल्ला हेर्ने गरि रुकुममा शिव सार्कीलाई खटाइएको समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरीले बताए।
उनका अनुसार पाल्पामा पठाइएका न्यौपाने र बाँकेमा पठाइएका केसी निमित्त प्रमुख हुन्।