काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले स्वास्थ्य सेवा अन्तर्गत ११ आैं तहमा कार्यरत डा तारानाथ पौडेललाई घुससहित पक्राउ गरेको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा पौडेललाई एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
डा पौडेलले लोकसेवा आयोगमा जागिर लगाइदिन्छु भनेर घुस लिएको अख्तियारले जनाएको छ । उनले अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई रकम लिएका हुन्।
उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट आज साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
डा पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक हुँदा पनि विवादित बनेका थिए ।