काठमाडौं– स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलार्इ निर्देशकमा छनोट गरेको हो। पोखरेल नेपाल राष्ट्र ब्यांकका पूर्व कार्यकारी निर्देशक हुन्। उनलार्इ खुला प्रतिष्पर्धाबाट कार्यकारी निर्देशक बनाइएको हो।
उनको कार्यकाल चार वर्षको हुनेछ। निर्देशकको नाम सिफारिस गर्न गठित समितिले पोखरेलसहित दामोदर बसौला र श्रीमान कार्कीको नाम सिफारिस गरेको थियो ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।