काठमाडौं– अमेरिकामा रही नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न इच्छुक वर्गको साझा संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले नेपालको सात वटै प्रदेशका अस्पतालमा एक-एक वटा अक्सिजन प्लान्ट निर्माण गरिदिने भएको छ।
एनएमएफले यसका लागि सहयोग संकलन गरिरहेको छ। एएनएमएफले करिब ९७ लाखको लागतमा माहाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरेर हस्तान्तरण गरिसकेको छ। तीन वर्षअघि गएको भूकम्पले अस्पतालमा अक्सिजनको समस्या आएपछि यस संस्थाले प्लान्ट निर्माणमा सहयोग गरेको हो। अक्सिजन प्लान्ट जडान भएपछि अहिले अस्पताल अक्सिजनमा अरुमाथि निर्भर हुनुपरेको छैन।
त्रिवि शिक्षण अस्पतालमा मात्र नभई अक्सिजन प्लान्टको व्यवस्था नेपालका बाँकि ६ प्रदेशका सरकारी अस्पतालमा गर्नुपर्छ भनेर सहयोग अभियान चलाइएको एएनएमएफका अध्यक्ष डा सन्तोष सापकोटाले जानकारी दिए। उनका अनुसार अक्सिजन प्लान्ट निर्माण गर्ने काममा अमेरिकादेखि नेपालबाट समेत सहयोग जुटिरहेको छ।
यो अभियन सुरु भएयता हतालसम्म १५ लाखको हाराहारीमा रकम उठिसकेको छ। नेपालमा मात्रै १ लाखभन्दा बढी रकम उठेको छ। नेपालबाट अहिलेसम्स ३५ जनाले सहयोग गरिसकेको अध्यक्ष डा सापकोटाले जानकारी दिए।
‘सहयोग रकम उठ्ने क्रम जारी छ,’ उनले भने, ‘यसका लागि हामीले एक कप कफिमा खर्च हुने पाँच डलर अर्थात ५ सय रुपैयाँ सहयोग गर्नुहोस् भन्ने अभियान चलाएका छौं। जसअन्तर्गत धेरैले त्यो भन्दा माथि नै सहयोग गरिरहनु भएको छ।’ उनले सहयोग गर्नेहरुको रकम र नाम फेसबुक मार्फत सार्वजनिक गर्दै गइरहेको र अन्तत शिलालेखमा पनि राख्ने जानकारी दिए।
सन् १९९७ मा नर्थ अमेरिका रहनु भएका नेपाली डाक्टरहरु र नेपाललाई माया गर्ने समाजसेवीहरुको पहलमा यो संस्था स्थापना भएको हो । यो संस्था न्युयोर्कमा दर्ता भएको छ। पछि सन् २००० मा अमेरिका नेपाल चिकित्सक प्रतिष्ठान एएनएमएफ–नेपालको स्थापना पनि भयो। हाल यसको अध्यक्ष त्रिवि शिक्षण अस्पतालका आइसियु युनिट प्रमुख डा. सुवास आचार्य अध्यक्ष छन्।
डा आचार्यका अनुसार यो संस्था मुख्यत स्वास्थ्य उपचार प्रणालीसँगै डाक्टरहरुलाई तालिम र शिक्षासँग केन्द्रित छ। तथापी समाजसेवा पनि यसले अग्रही भूमिका खेलिरहेको छ। यस संस्थाका पूर्व संस्थापकहरुमा वरिष्ठ डाक्टरहरु छन्। डा. अर्जुन कार्की, डा.भगवान कोइराला, डा.शंकर राई, डा.प्रतिभा पाण्डे, डा.ज्योति भट्टराई लगायतका डाक्टरहरु यसमा सल्लाहकारको रुपमा छन्।
भूकम्पमा यस संस्थाले १४ वटा हेल्थ पोस्टहरुको निर्माण, स्वास्थ्य उपचारसँगै विभिन्न राहत समाग्री पनि पिडितहरुलाई वितरण गरेको थियो। आवश्यकता अनुसार खाद्यान्न, लत्ताकपडा, सर्जिकल सामानहरुका साथै संस्थाले स्वास्थ्य संस्थाको भवन निर्माणमा समेत सहयोग गरेको थियो।
तपाईंहरु पनि यस कार्यमा सहयोग गर्न चाहानु हुन्छ भने यसरी सहयोग गर्न सक्नु हुने छ।
America Nepal Medical Foundation-Nepal मा कार्यरत बिक्रान्त राणालाई 9861020285 मा सम्पर्क गर्नुहोला। अथवा संस्थाको Nepal Investment Bank Limited को खाता नं 03201040252744 सिधै जम्मा गर्न पनि सकिने छ।
फेसबुक मार्फत
https://www.facebook.com/donate/1991205244505466
अमेरीकामा चेक मार्फत
D. Mainali Treasurer ANMF
27 Gloria Drive
Westfield, MA 01085
USA
पेपाल (PayPal) [email protected] अथवा website anmf.org मार्फत पनि सहयोग गर्न सकिने छ।
