काठमाडौं– संसदीय समितिले क्षयरोग र एचआइभी एड्स रोग उन्मूलनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले क्षयरोग र एचआइभी एड्स रोग उन्मूलनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको बताएकी हुन्।
सार्क ट्युबरक्लोसिस तथा एचआइभी एड्स सेन्टरले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एचआइभी एड्स संक्रमितलाई उचित स्याहार हुनेगरी कानुनी प्रबन्ध गर्न पनि सरकारलाई सचेत गराइन्।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व शिक्षा मन्त्री चित्रलेखा यादवले पनि एचआइभी एड्स रोग उन्मूलन गर्ने लक्ष्य हासिल हुने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिन्। उनले दिगो विकास लक्ष्य हासिल गर्ने संयुक्त राष्ट्र संघको आह्वानलाई पूरा गर्न पनि नेपाल सरकारले क्षयरोग र एचआइभी एड्स उन्मूलन कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइन्।
कार्यक्रममा चिकित्सकहरुले एचआइभी एड्स रोग उन्मुलनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसकेको गुनासो गरेका थिए।
विश्वमा ४ लाख मानिसहरु क्षयरोगबाट प्रभावित
विश्व सन् २०१७ मा १ करोड ४ लाख मानिसहरु क्षयरोगबाट प्रभावित भए जसमध्ये ६१ लाखमा क्षयरोग पत्ता लागि उपचारमा आएका थिए ४३ लाख क्षयरोगका बिरामी उपचारको दायरामा आएनन् । सन् २०१७ मा १८ लाख मानिसहरुको क्षयरोगको कारण मृत्यु भयो ।
सार्क क्षेत्रमा सन् २०१७ मा करिव ३८ लाख मानिसहरु क्षयरोगबाट प्रभावित भए जसमध्ये करिव २५ लाखमा क्षयरोग पत्ता लागि उपचारमा आएका थिए करिव १३ लाख क्षयरोगका बिरामी उपचारको दायरामा आएनन् । सन् २०१७ मा ६ लाख मानिसहरुको क्षयरोगको कारण मृत्यु भयो । विश्वमा एचआइभी पत्ता लागेपछि हालसम्म ७ करोड मानिस एचआईभी प्रभावित भएका छन्।
विश्वमा हालसम्म ७ करोड मानिस एचआइभी प्रभावित
विश्वमा एचआईभी पत्ता लागेपछि हालसम्म ७ करोड मानिस एचआइभी प्रभावित भएका छन् । विश्वमा हालसम्म करिव साढे तीन करोड मानिसको मृत्यु एड्सबाट भइसकेको छ।
विश्वमा अझै ३ करोड ६९ लाख मानिस अझै एचआइभीबाट संक्रमित रहेका छन् ।
सार्कमा सन् २०१७ मा २१ लाख नयाँ एचआइभी संक्रमित भएका छन् ।सन् २०१७ मा करिव २३ लाख मानिस एचअनइभी प्रभावित भएका थिए । सन् २०१७ मा करिव ७० हजार मानिसको मृत्यु एड्सबाट भएको थियो । सन् २०१७ मा नयाँ एचआइभी संक्रमण करिव १ लाख मानिसहरुमा देखा परेको थियो भने सार्कमा सन् २०१७ मा करिव २३ लाख मानिस एचआइभी प्रभावित भएका थिए ।सन् २०१७ मा करिव ७० हजार मानिसको मृत्यु एड्सबाट भएको थियो भने सन् २०१७ मा नयाँ एचआई.भी संक्रमण करिव १ लाख मानिसहरुमा देखा परेको थियो ।
विश्वमा सन् २०१५ को तुलनामा २०३५ सम्ममा क्षयरोगबाट मृत्यु हुने संख्यामा ९५ % ले कमि ल्याउने लक्ष्य लिएको छ भने सार्कमा सन् २०१५ को तुलनामा २०३५ सम्ममा नयाँ क्षयरोग लाग्ने दरमा ९०प्रतिशत ले कमि ल्याउने । क्षयरोगका कारणले उत्पन्न हुने आर्थिक व्ययभारलाई शुन्यमा पु¥याउने लक्ष्य लिएको छ।
विश्वमा सन् २०१५ को तुलनामा २०३५ सम्ममा क्षयरोगबाट मृत्यु हुने संख्यामा ९५ प्रतिशतले कमि ल्याउने लक्ष्य लिएको छ भने सार्कमा सन् २०१५ को तुलनामा २०३५ सम्ममा नयाँ क्षयरोग लाग्ने दरमा ९० प्रतिशतले कमि ल्याउने । क्षयरोगका कारणले उत्पन्न हुने आर्थिक व्ययभारलाई शुन्यमा पुर्याउने लक्ष्य ल्याएको थियो ।